अमेरिकामा सहनिय तथा उचित उमेर अवस्था भएका बालबालिकालाई थप्पड हान्न अनुमति

विजय थापा २०७५ पुष २१ गते २:४६ मा प्रकाशित

यस लेखको शिर्षक पढ्न साथ सबै चकित पर्न सक्दछन l विश्वास नै लाग्न सक्दैन l तर्क बितर्क र आफ्ना मन गढ़न्ते विचारहरु कोर्न मन पनि लाग्दछ l बिश्वास गर्नुस या नगर्नुस ,अमेरिकाको पचासै राज्यमा छोराछोरी ,केटाकेटी ,आफ्ना बालबालिकालाई पिट्न कानुनी मान्यता छ l

अब प्रश्न यहाँ यो उब्जिन्छ ? के यो सत्य हो त ? हाम्रो मानस पटलमा सवालका आंधी हुरी बेतोड संग चल्दछ l आफुले जन्म दिएको सन्तानलाई निर्घात रुपमा कुट्न आमा बुवाको मनले मान्छ त ? त्यस्तो कठोर निर्दयी हुन् अभिभावकले सक्लान त ? आफुले जन्माएको सन्तानलाई अरुले कुट्न पाउछन त ? एक आपसमा झगडा हुनु भनेको पृथक कुरा हो l बालबालिकाले जीवनमा आफ्ना मातापिता तथा पाठशालामा शिक्षकद्वारा कुटाई खान्छन l

अमेरिकामा बालबालिकालाई निर्घात हुने गरि कुट्नु गैर कानुनी मानिन्छ l

अमेरिकामा बालबालिकालाई निर्घात हुने गरि कुट्नु गैर कानुनी मानिन्छ

साह्रो थप्पड हान्न पाइदैन l रक्ताम्मै हुनु गरि पिट्न र हिर्काउन कदापी पाईदैन l तर अमेरिकामा केटाकेटीलाई हिर्काउन कानुनी मान्यता छ l जब सम्म तपाईलाई कसैले उजुरी गर्दैन तपाईले आफ्ना सन्तानलाई अनुशासनमा राख्न थप्पडको प्रयोग गर्न पाउनु हुन्छ l

तर नेपाल जस्तो आघात पुग्ने गरि र मर्लान्त अवस्थामा पुग्ने गरि हिर्काउनु भयो भने कानुनले छोड्दैन l हत्कडी पनि लगाइन्छ l अमेरिकन समाजमा बालबालिकालाई कुट्नु हुदैन भन्ने संस्कार बसेको छ l

विश्वका प्रसिद्ध पप सम्राट माइकल ज्याक्सनले अन्तर्वार्तामा उनका बाबुले पेटीले हिर्काएको सार्बजनिक गरेका थिए l अमेरिकन समाजमा आफ्ना सन्तानलाई अनुसासनमा राख्न नेपाल जस्तो कुट्ने नभएता पनि निश्चित तोकेको स्थानमा अझ पनि बल प्रयोग गर्ने चलन छ l

मानिस थप्पड हान्नु राम्रो या नराम्रो भन्ने कुरामा सहमति नहोलान l अमेरिकन अभिभावकहरु घरमा आफ्ना सन्तानलाई थप्पड हान्ने गरेको एक सर्वेक्षणले देखाएको छ l

अमेरिकन अभिभावकहरु घरमा आफ्ना सन्तानलाई थप्पड हान्ने गरेको एक सर्वेक्षणले देखाएको छ 

थप्पडलाई एक प्रकारको न्यायपूर्ण अनुशासन्को रुपमा लिइन्छ l

५० वटै राज्यमा झापड हान्ने अनुमति छ तर केहि राज्यहरुका पाठशाला तथा निजि बालमन्दिरमा प्रतिबन्धित छ l थप्पडलाई शारीरिक दण्डको रुपमा लिइन्छ l अमेरिकाको न्यायालयले यो निर्णय गरेको छ कि आफ्ना सन्तानलाई काबुमा राख्न बाबुआमालाई संबैधानिक अधिकार समेत प्रदान गरेको छ l

आफ्ना सन्तानलाई कडा थप्पड हान्ने हुनु भन्ने कदापी हैन l तर थप्पड हान्ने भन्ने बित्तिकै कानको जाली फुट्ने गरि हान्ने भन्ने आसय पनि कदापी हैन l थप्पड पनि सामान्य ,मध्यम र कडा हुन्छ l थप्पडको कारण बालबालिकालाई कुनै चोट पटक नलाग्ने प्रकारको हुनु पर्छ भनि उल्लेख गरेको छ l

थप्पडको कारण बालबालिकालाई कुनै चोट पटक नलाग्ने प्रकारको हुनु पर्छ भनि उल्लेख गरेको छ 

अमेरिकाको जर्जिया राज्यमा उदाहरणको लागि शारीरिक अनुशासन तब सम्म प्रयोग गर्न सकिन्छ तब बालबालिकालाई हानी हुदैन भनि जीए.कोड.एएनएन १९-७-५,१९-१५ -१ मा उल्लेख गरेको छ l यसै गरि क्यालिफोर्नियामा बालबालिकाको पींध या फिलामा सहनिय तथा उचित उमेर अवस्था भएकालाई थप्पड हान्न अनुमति क्यालवेल्फ. इन्स्ट .कोड ३०० (ए )मा उल्लेख गरेको छ l

थप्पड र दुर्ब्यबहार फरक भएकोले न्यायालयले यस बिषयमा ब्याख्या समेत गरेको छ l अनुशासनको नाममा थप्पडको प्रयोग गर्दा पिडा पनि हुन्छ l

अनुशासनको नाममा थप्पडको प्रयोग गर्दा पिडा पनि हुन्छ  

ज्यादा मात्रामा गरिएको बल अनुचित हुने समेत बताएको छ l यसै गरि बालबालिका सुरक्षित सेवाले यस बिषयमा पिडितले उजुरी गरेमा सवाल समेत गरेको छ l तर आफ्ना बालबालिकालाई बल प्रयोगको सिमितता समेत तोकेको छ l त्यो भन्दा ज्यादा गरेमा कानुनी दायरामा पर्ने खबरदारी समेत गरेको छ l

अमेरिकाका एरिजोना तथा अलाबामा राज्यमा आफ्ना छोराछोरीलाई सहनिय तथा उचित बल प्रयोग गर्न समेत अनुमति दिएको छ l तर यसो भनेता पनि सहनिय तथा उचित बल भनेको के हो त ? यसमा सम्बन्धित राज्यको कानुन तथा न्यायधिसको तजबिजमा रहने उल्लेख गरेको छ l

लुजियाना राज्यले भने थप्पडको उल्लेख नगरी उचित अनुशाशन भनि ब्याख्या गरि दिएको छ l यसमा कानुन ब्यबसायी संघले यो जटिल बिषय भनि उल्लेख गरेको छ l यसै गरि टेक्सासमा शारीरिक दण्ड बल यातना हुन्छ l यसको अर्थ पिट्दा कुनै दाग ,रगत आउने र सानो सानो खत बस्ने हुन्छ भनि तथ्यांक पेश गरेको छ l

केटाकेटीलाई पिट्न कति देशमा अनुमति छ ?

विश्वका तमाम देशहरु मध्ये ३९ देशहरुमा माल्टा ,बोलिभिया तथा ब्राजिलमा शारीरिक दण्ड बालबालिकालाई दिन प्रतिबन्ध छ l तर अमेरिकामा ५ जना मध्ये ४ जना अभिभावकले कहिलेकाही थप्पड हान्नु उचित मान्दछन l सन् २०१३ मा गरेको नेल्सनले गरेको सर्वेक्षणमा उक्त तथ्य निकालेका हुन् l

अमेरिकामा कुन कुन राज्यहरुका सरकारी बिद्यालयमा पिट्न अनुमति छ :

अमेरिकामा झन्डै १९ राज्यहरुका पाठशालामा बिद्यार्थीलाई पिट्न अनुमति गरिएको छ l आश्चर्यको कुरा अमेरिका भरमा प्रत्येक ३० सेकन्डमा एउटा बच्चालाई पिट्ने गरिन्छ l

आश्चर्यको कुरा अमेरिका भरमा प्रत्येक ३० सेकन्डमा एउटा बच्चालाई पिट्ने गरिन्छ

जुन सरकारी तथ्यांकले देखाएको छ l

जब कि अमेरिकाका ३१ वटा राज्यहरुले शारीरिक सजाय प्रतिबन्ध गरेको छ l जस्मा अलाबामा ,एरिजोना ,अर्कन्सस ,कोलोराडो ,फ्लोरिडा ,जर्जिया ,इडाहो ,कन्सास ,केन्टकी ,लुजियाना , मिसिसिपी ,मिजौरी ,नर्थ करोलिना ,ओक्लाहोमा ,साउथ करोलिना ,टेनेसी ,टेक्सास तथा वाईमिङ्ग रहेका छन् l यसै गरि कैयौ ठाउमा अभिभावकको अनुमति पनि लिने गरिन्छ l

अमेरिकाका बिद्यालयमा बिद्यार्थीलाई पिट्ने तथांक यस्तो छ :

सन् २००९ देखि २०१० मा गरिएको संघीय तथ्यांक अनुसार ,बालबालिका रक्षा कोष अनुसार सन् २०१४ मा ८ सय ३८ जना बिद्यार्थी हरेक दिन सरकारी बिद्यालयमा पिटिएको उल्लेख गरेको छ l

अमेरिकाको पाठशालाका १ सय ८० दिनको बार्षिक चक्र अनुसार १ लाख ५० हजार ८ सय ४० जना ले बार्षिक शारीरिक दण्ड भोगेको जनाएको छ l उक्त तथांक अनुसार अफ्रिकन अमेरिकन तथा अपांगता भएका बालबालिकाले ज्यादा यस्ता शारीरिक दण्ड पाउने देखाएको छ l

अर्थको अनर्थ नलागोस ?

बालबालिकाले थाम्नै नसक्ने गरि गरेको हर्कत ,बदमासी ,चकचक ,दुर्ब्यबहारको खातिर हल्का पिट्न ,थप्पड ,चड्कन ,पिंधमा ,तिघ्रामा तथा पिडुला चोट नलाग्ने गरि घरमा बल प्रयोग गर्न सकिन्छ l बल प्रयोगको नाममा चोट पुग्ने गरि गरिएको बल प्रयोग बलको को दुरुप्रयोग हुन्छ l त्यो आपत्ति जनक र गैर कानुनि हुन्छ l यस्तालाई अनुमति दिने हैन कि हत्कडी सम्म लगाइन्छ l झ्यालखान सम्म अभिभावकले जानु पर्ने हुन्छ l

अन्य बाहिरी बस्तुको प्रयोग गर्न किन प्रतिबन्ध छ त ? 

आफ्ना सन्तान ,छोराछोरी ,बालबालिका तथा बिद्यार्थीलाई तह लगाउने को नाममा लट्ठी ,पेटी तथा अन्य कुराहरुको प्रयोग नेपालमा जस्तो गरि बल प्रयोग गरेमा दण्ड सजायको भागिदार सम्म हुनु पर्ने छ l

सन्तान ईश्वरका बरदान भएकोले कुनै पनि नेपालीले अमेरिकामा आफ्ना छोराछोरीलाई कहिले पनि शारीरिक बल प्रयोग गर्नु नपरोस l

तस्बिर कृतज्ञता :बिमल नेपाल ,बोस्टन

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया