भर्जिनियाकि १९ बर्षिय युवतीलाई ४८ बर्षको कारागार सजाय
अमेरिकाको भर्जिनिया राज्यकि १९ बर्षिय युवतीलाई अदालतले ४८ बर्षको कारागार सजाय सुनाएको छ । उनले चमेना गृह भित्र झगडा हुँदा आफ्नो सौतिनी दाईलाई अर्को मान्छेलाई गोलि हान्न उक्साएको र मार्न जिद्धि गरेकोमा उनलाई उक्त सजाय सुनिएको हो ।
उक्त युवतीले व्यस्त वेन्डी रेस्टुरेन्ट (चमेना)मा सांघातिक गोलि प्रहार गरेका थिए । भर्जिनिया बाट प्रकाशित रिचमण्ड टाइम्स -डिस प्याचका अनुसार गत जनवरी ३ बिहिबार १९ बर्षिय नोर्मा ग्लोभर नामक युवतीलाई ४५ बर्ष प्रथम श्रेणीको हत्या र अतिरिक्त ३ बर्ष बन्दुक प्रयोग गरेकोमा सजाय सुनाएको समाचार छ ।
बादीका अनुसार सेप्टेम्बर २०१७ का दिन २० बर्षिय कोरोन बोन्ड नामक युवकलाई गोलि हानी मारेका थिए । उक्त झगडामा नोर्मा ग्लोभर तथा मारिने बोन्ड कि प्रेमिका बीच झगडा भएको जनाएको छ । दुवै जना वेन्डि चमेना गृहमा काम गर्थे । वादीका अनुसार ग्लोभरले आफ्ना २६ बर्षीय सौतेनी दाई जुल्स आर मलट्री तृतीय लाई बोन्डलाई ईशारा गर्दै गोलि हान्न लगाएका थिए ।
उक्त पत्रिकामा वास्तवमा मारिने बोन्ड यो झगडामा संलग्न नै थिएनन् उनि एउटा टेबलमा बसेर आफ्नो संचार थान ( भ्रमण ध्वनि,मोबाइल ) हेरी रहेको उक्त पत्रिकाले जनाएको छ ।
उक्त घटना भर्जिनियाको प्रिन्स जर्ज काउन्टी को डिसप्युट्यांन्टा घटेको हो ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया