महिनौ सटडाउन गर्ने ट्रम्पको धम्कि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमामा पर्खाल लगाउने बजेट काँग्रेसले स्वीकृत नगरे आफु महिनौसम्म गर्भमेन्ट सटडाउन गर्नपछि नपर्ने धम्की दिएका छन् । ह्वाईट हाउसमा शुक्रबार डेमोक्र्याट सांसदहरुसंग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन ।
सीमा पर्खालका लागि पाँच अर्ब डलर बजेट नपाए आफु महिनौं अझ वर्षौसम्म सटडाउनको पक्षमा रहेको ट्रम्पले बताएको सिनेटमा अल्पसंख्यकका नेता चक सुमरले बताए । शुक्रबार ट्रम्प र डेमोक्र्याटबीच दुई घन्टा वार्ता भएको थियो । आफुहरुले अल्पकालिन बजेट पास गरेर सटडाउन खुलाउन प्रयास गरेपनि राष्ट्पतिले स्वीकार नगरेको सुमरले बताए ।
बिहीबार राती हाउसले हाल बन्द्य रहेका आठ डिपार्टमेन्टको सेप्टेम्बर ३० सम्मको बजेट स्वीकृत गरेको थियो । त्यसमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको फेव्रुअरी ८ सम्मको बजेट पनि समावेस छ । विगत १४ दिनदेखि केन्द्यि सरकारका आठ मन्त्रालय बन्द छन् । यसबाट करिव आठलाख कर्मचारी प्रभावित भएका छन् ।
यसैबीच ह्वाईट हाउसका पत्रकार सम्मेलन गरेर ट्रम्पले अमेरिकी स्टिल उद्योग संकटमा रहेकोले स्टिी पर्खाल बनाउने काम उनीहरुलाई दिदाँ औधोगिक क्षेत्र पनि उथ्थान हुने उनले बताए । अमेरिकाका नौवटा ठूला स्टिल उद्योग अहिले बन्द रहने स्थिती रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै उपराष्ट्रपति माईक पेन्सले १७ हजार अपराधी दक्षिण सीमा पसेका समातिएको बताए । यस्तै दक्षिणी सीमाबाट ९० प्रतिसत लागु औषधी अमेरिका प्रवेस गर्ने बताए । यस्तै मानव तस्करी पनि खुला सीमाका कारण बढेको बताए ।
यो साताको अन्त्यमा सबल सीमा रक्षा र वृहत अध्यागमन सुधारको क्षेत्रमा पनि काम हुने ट्रम्पले बताए ।
यसैबीच, राष्ट्रपति ट्रम्पले सीमा विवाद र सटडाउन यथावत रहेका संकटकाल लगाउन सक्ने बताएका छन् । राष्ट्रपतीय अधिकार प्रयोग गरेर संकटकाल लगाउने अधिकार मलाई छ । यो राष्ट्रीय सुरक्षाको कुरा हो, पत्रकार सम्मेलनमा उनले भने । सीमा पर्खालको विषयमा छलफल भैरहेको छ । हामी राष्ट्रपतिको कानुनी अधिकार बारेमा पनि सल्लाह गरीरहेका छौ ।
स्रोतः सीएनएन, सिएनबिसी आदि, तस्वीरः रोज गार्डेन लाईभ, ह्वाईट हाउस
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया