प्रहरीलाई प्रविधिमैत्री बनाइनुपर्ने :आइजिपि खनाल

सञ्जय साह मित्र २०७५ पुष २० गते १२:१४ मा प्रकाशित

रौतहट

नेपाल प्रहरी प्रमुख आइजिपि सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाइनुपर्ने बताएका छन् । रौतहटको गौरमा समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत वायरलेस सिसिटिभी अनुगमन तथा परिचालक कक्षको उदघाटन गर्दै आइजिपि खनालले प्रविधिको अभावमा प्रहरीलाई काम गर्न गाह्रो भएकोले प्रविधिमैत्री बनाइनुपर्ने स्पष्ट पारेका छन् ।

सिसिटिभीले अपराध नियन्त्रण गर्न, शान्ति सुरक्षा कायम गर्न तथा प्रहरीलाई काम गर्न सजिलो बनाउने भएकोले प्रविधियुक्त प्रहरी आजको आवश्यकता भएको बताएका छन् । गौरमा जडान भएको सिसिटिभीले रौतहट प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग गर्ने विश्वास महानिरीक्षक खनालले व्यक्त गरेका छन् । महानिरीक्षक खनालले प्रहरीमा पनि समय अनुकूल सुधार हुनुपर्ने बताउँदै आचरण विपरित काम गर्ने नेपाल प्रहरीमा अटाउन नसक्ने स्पष्ट पारेका छन् ।
महानिरीक्षक खनालले सिसिटिभी अनुगमन तथा परिचालन कक्षलाई जिल्ला प्रहरी कार्यालय रौतहटलाई हस्तान्तरण गरेका छन् । गौर नगरपालिकाले नगरको विभिन्न दश महत्वपूर्ण स्थानमा सिसिटिभी जडान गरी अनुगमनको लागि रौतहट प्रहरीलाई हस्तान्तरण गरेको छ ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया