शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०२:४०
वासिङटन डिसी 16:55

अमेरिकामा वृहत रक्तदान कार्यक्रम गरिदै

इनेप्लिज २०७५ पुष २० गते ११:०४ मा प्रकाशित

 

न्यूयोर्क अमेरिका,

४३औं राष्ट्रिय मेलमिलाप दिवस को सन्दर्भ पारेर न्यूयोर्क स्थित नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड द्वारा आगामी जनवरी ६ तारीख आईतवार का दिन Hicksville स्थित Broadway Mall मा वृहद रक्तदान कार्यक्रम राखेको छ ।

२०३३ साल  पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला सहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर स्वदेश फर्किएका थिए । आठ बर्षको भारत को प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरू देशमा रास्ट्रीय संकट आएको र रास्ट्रीय अस्थित्व खस्किएको महसूस गरि आजभन्दा ४३ वर्ष पहिले राष्ट्रिय एकता र मेलमिलापको सन्देश सहित भारत वाट नेपाल फर्किएको दिन लाई नेपाली काॅग्रेसले राष्ट्रीय एकता एवं मेल-मिलाप दिवस को रूपमा मनाउॅदै आएको छ।२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जन निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाएका थिए ।

त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा गएका हुन ,२०३३पुष १६ मा रास्ट्रीय मेल मिलापको नीति बोकेर नेपाल आएका वीपी सहितका कांग्रेस नेतालाई तत्कालीन पञ्चायत व्यवस्था र राजा समेतले विमानस्थल वाटै पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए । तत्कालीन राज्यसत्ताले उनलाई फाँसीको सजायँसम्म दिनसक्ने परिस्थितिको समेत पर्वाह नगरी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका हुन । अहिले पनि हाम्रो देशमा वहाॅले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको निति उत्तिकै सान्दर्भिक रहेको छ ।

यस दिन लाई आफ्ना नेता र त्यो वेलाको सम्झना स्वरूप नेपाली काॅग्रेस,उनका अनुयायी तथा उसका भ्रातृ संगठनले स्वदेश तथा प्रवासमा विभिन्न कार्यक्रम गरी रास्ट्रीय एकता एवं मेल-मिलाप दिवस मनाउॅछन ।

यसै सन्दर्भमा न्यूयोर्क स्थित नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर ले यस पटक वृहत रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।आफ्नो रास्ट्रीय नेताको सम्झना तथा विभिन्न दिवस तथा सन्दर्भ पारेर प्रवासमा गरिने विविध रचनात्मक कार्यक्रमले प्रवासमा रहँदा सवै नेपाली हरूमा आफ्नो देशको रास्ट्रीय भावना जागरूक भईरहने,आफु वसेका मुलुकका नागरिक हरूमा पनि नेपाली हरू प्रति सकारात्मक भावना प्रद्वत्त हुने तथा एक जनाले दिएको रगत ले ३ जना लाई वचाउन मद्वत पुग्ने हुॅदा राष्ट्रिय मेल-मिलाप दिवशको सन्दर्भ पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको लंगआईलेण्ड सभापति एवं नेपाली काॅग्रेस का युवा नेता विश्वराज वाॅस्तोला ले वताए ।अमेरिकाको न्यूयोर्क को अत्यंत व्यस्त सहरमा सामजिक भावना ले अभिप्रेरित भएर समय,कामको धपरी,तथा यातायात को समस्या लाई व्यवस्थापन गरेर रक्तदानको लागि धेरै रक्तदाता हरू आउने खवरले आॅफुहरू झनै उत्साहित भएको उनले भने ।राजनैतिक दाउपेच ,व्यक्तिगत पद र प्रतिस्ठा भन्दा रास्ट्रीय स्वार्थ लाई माथी राखेर जीवन भर लोकतन्त्र र जनअधिकार को लागि,समर्पित ,राजनैतिक मूल्य मान्यता र आदर्शका पर्याय ,दुर्दर्शी नेताको सम्झना मा प्रवासमा रक्तदान कार्यक्रम गर्न पाॅउदा गर्व लाग्ने गरेको पनि वाॅस्तोला ले थपे । उक्त च्याप्टर ले विभिन्न समयमा रक्तदान,मैत्रीपूर्ण खेलकूद ,समुदायमा सरसफाई ,समसामयिक विषयमा प्रवचन कार्यक्रम ,अध्यागमन सम्वन्धि सचेतना एवं अन्तर्क्रिया कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया