शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:१८
वासिङटन डिसी 01:33

अमेरिकी सरकार आंशिक बन्दको कारण डीसीका दम्पतिहरुले विवाह प्रमाणपत्र (लाईसेन्स) पाएनन

प्राविधिक रुपमा पतिपत्नी हुन् सकेका छैनन

इनेप्लिज २०७५ पुष २० गते १:२४ मा प्रकाशित

१३ दिन देखि अमेरिकी सरकार आंशिक बन्द छ । यसको प्रभाव सरकारी कार्यालयमा कार्यरत सबै कर्मचारीलाई व्यापक परेको छ । सरकार आंशिक बन्दको कारण डीसीका केही नव विवाहित दम्पतिहरुले बिहे गरेता पनि विवाह प्रमाणपत्र (लाइसेन्स) नपाएकोले प्राविधिक रुपमा पतिपत्नी हुन् सकेका छैनन ।

रिति रिवाज र अन्य कुराहरु सबै भएता पनि कानुनी मान्यता दिने विवाह प्रमाण पत्र नै नपाए पछि निरास भएका छन् । उनीहरु सरकारी कार्यालय खुल्ने अभिलाषामा प्रतिक्षारत छन । विवाह प्रमाण पत्र नपाउने मध्ये कै डीसीका बरबधु डान पोलोक तथा डेनीएल जिनाकोपुलसले केही दिन अगाडी बिहे गरेका थिए । उनीहरुले आज्ञापत्र(लाईसेन्स) बिना नै बिहे गर्नु परेको छ ।

उनीहरुलाई प्रदान गर्ने डीसी सुपेरियर कोर्ट ( अदालत) सरकार बन्द भएको कारण काम थप्प भएकोले उनीहरुले नपाएका हुन् । यस्तो अवस्थामा अन्य राज्यमा समेत जाने गरेका छन् तर राजधानीमा बिहेको प्रमाण पत्र प्राप्त गर्न भने पर्खनु पर्ने भएको छ ।

अमेरिकामा सन् २०१३ मा पनि राष्ट्रपति बराक ओबामाको पालामा सरकार १६ दिन आंशिक बन्द भएको थियो । यसै गरि सन् १९९५ को नोभेम्बर र डिसेम्बर १९९५ देखि जनवरी १९९६ सम्म पूर्व रास्ट्रपति क्लिन्टनको पालामाआंशिक बन्द भएको ईतिहास छ ।

अमेरिकामा १९७० को मध्यबाट सुरु भएको सरकार बन्द यो समेत १९ औ हो । रोनाल्ड रेगनको पालोमा पनि सानो प्रकारका बन्द भएका थिए । अहिले सम्म कै सबै भन्दा लामो सरकार बन्द रास्ट्रपति बिल क्लिन्टनको पालोमा १९९६ मा २१ दिन सम्म लम्मिएको थियो ।

स्मरण रहोस ,यो बन्दले तीन चौथाई सरकारलाई प्रभाव पर्ने छैन । यसले रक्षा ,हुलाक आदिलाई प्रभाव पर्ने छैन । तर होमल्याण्ड सेक्युरिटी ,यातायात तथा अन्य संस्थाका करिव ८ लाख कर्मचारीहरुलाई गैर हाजिरी छुट्टि अर्थात् बिना तलव काम गरि गरि रहेका छन् ।

समाचार तथा तस्बिर कृतज्ञता /स्रोत :एनबिसी वाशिंगटन डटकम

प्रतिक्रिया