आर्यन खत्रीको शब्द तथा सविन लिम्वुको स्वरमा “तिमी साथ” भिडियो सहित

इनेप्लिज २०७५ पुष १९ गते १२:१९ मा प्रकाशित


गायक सविन लिम्वुको स्वरमा रहेको गीत ‘तिमी साथ ’ सार्वजनिक भएको छ । गीतमा आर्यन खत्रीको शब्द तथा सविन लिम्बुको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आफनी प्रेमीका नै जिवनको ठुलो मायाको खानी रहेको कुरालाई गीतमा कलात्मक रुपमा देखाइएको छ । भावनात्मक नातामा विश्वासको अर्थलाई कुशल रुपमा गीतमा चित्रण गरिएको छ । आफनी मायालु प्रेमीकाको पखाईमा रात नै परेको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।

निशान एस के ले निर्देशन गरेको गीतको भिडियोमा दिनेश कठायत , एलिना मल्ल ठकुरी र नविन विष्टको अभिनय रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा दिपक गिरीको छायाँकन र प्रकाश एस के को सम्पादन रहेको छ ।

प्रतिक्रिया