लण्डन, १९ पुस । बेलायती खेलाडी एन्डी मुर्रे अष्ट्रेलियामा जारी ब्रिसबेन ओपन टेनिसबाट बाहिरिएका छन् ।
मेलबर्नमा बुधबार राति भएको खेलमा मरे रसियन खेलाडी डानिल मेदभेदेभसँग दुई–शून्यको सोझो सेटमा पराजित भए । हाल विश्व वरीयतामा दुई सय ४० औँ स्थानमा रहेका मुर्रे २२ वर्षीय डानिलसँग ७–५ र ६–२को सेटमा पराजित भए ।
कुल ८० मिनेटसम्म कोर्टमा रहेका मरेले पहिलो सेट ७–५ले हारे भने दोस्रो सेट ६–२ले गुमाउन पुगे ।
चोटका कारण अघिल्लो वर्ष अधिकांश समय कोर्टबाहिर रहेका मरेले आफ्नो टेनिस करियर कहिलेसम्म चल्ने हो आफूलाई नै थाहा नभएको बताए । एजेन्सी
प्रतिक्रिया