दमदार जवाफ दिदै पुजा श्रेष्ठ बनिन् ‘मिस पुर्वान्चल २०१८’, के भनिन् शृंखला खतिवडाले ?
सुनसरी / मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले जित्न सफल भएकी छिन । सुनसरीको धरानमा शनिबार राति सम्पन्न उनले ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत प्राप्त गरिन । प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप बनिन् । उनले नगद एक लाख सहित विभिन्न पुरस्कार प्राप्त गर्दा इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बन्दै नगद ५० हजार मा चित्त बुझाईन । फाईनल प्रतिष्पर्धामा मिस फोटोजेनिक र मिस मल्टिमिडिया टाइटल आकृति आचार्यले जितिन् ।
कार्यक्रममा बिशेष आकर्षणको रुपमा मिस नेपाल २०१८ शृंखला खतिवडा रहेकी थिइन् । वेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाईस र मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने मिस फ्रेन्डसीप सलिना राजवंशी घोषित भए । उनीहरुले जनही १५ हजार पुरस्कार पाए । त्यस्तै फेस अफ डिभाइन आकृति आचार्य र फिटनेस स्वस्टिका विसुंखे घोषित भए । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा वरिष्ठ वातावरणविद् राजेन्द्र खनाल लगायतका निर्णांयकहरुको टोलिले विजेता छनोट गरेको कार्यक्रम संयोजक सौरभ श्रेष्ठले जानकारी दिए ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया