प्रतिवन्ध लाग्दैछ
सटडाउनको समाधान निस्केन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आजको ट्विट स्याङ्गसन् आर कमिङ्ग (प्रतिवन्ध लाग्दैछ) आज हिट भयो । उनको ट्विटलाई राजनीतिक समिक्षकहरुले गेम अफ थ्रोनको लोकप्रिय डायलग विन्टर इज कमीड संग तुलना गरे । त्यसपछि यो श्रृखंला नै चल्यो, इन्डिकमेन्ट आर कमिङ्ग, मूलर इज कमिङ्ग र ट्यान्ट्रम इज कमिङ्ग ।
ट्रम्पले आजको मन्त्री मण्डलको वैठकमा स्याङ्गसन् आर कमिङ्ग (प्रतिवन्ध लाग्दैछ) भन्ने पोस्टर टेबलको बीचमा राखेर बैठक सुरु गरेका थिए । ट्रम्पको यो भनाई इरान माथि लगाइने प्रतिवन्ध माथि लक्षित थियो ।
सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले इरानसंग आणविक अपैसार सन्धी गरेपछि लामो समयदेखि लाग्दै आएको प्रतिवन्ध खुलाएका थिए । इरानमाथि अन्यराष्ट्रिय बजारमा तेल बेच्न प्रतिवन्ध मूख्य थियो ।
विगत दुई सातादेखिको गर्भमेन्ट सटडाउन हटाउन बुधबार राष्ट्रपति ट्रम्पले आयोजना गरेको विपक्षी दलसंगको वार्ता बिना निष्कर्ष टुंगिएको छ । सटडाउन हटाउन र मेक्सिको सीमा पर्खाल लगाउन बजेट पारित गर्न ट्रम्पले सांसदहरुसंग बैठक गरेका थिए । राष्ट्रपति ट्रम्पले पर्खाल बनाउन ५.७ अर्ब डलर माग गरेका छन् ।
गत साता डेमोक्र्याट सांसदले पर्खाल बनाउन २.५ अर्ब डलरसम्म दिन सकिने प्रस्ताव अगाडि सारेका थिए । यसअघि डेमोक्र्याटहरु १.७ अर्ब बजेट मात्र दिने बताउदै आएका थिए । पर्खाल विवादका कारण बजेट पास नहुदाँ संघीय सरकारको एक चौथाई कार्यालय बन्द छन् । करिव चारलाख कर्मचारीलाई बिदा दिइएको छ भने त्यत्ति नै संख्याका कर्मचारी समयमा तलव पाउन सकेका छैनन ।
वैठकमा आफूले डेमोक्र्याटको प्रस्ताव माने आफु वेवकुफ ठहरिने भन्दै ट्रम्पले प्रस्ताव अस्वीकार गरेका थिए । मैले यो प्रस्ताव माने भने म वेवकुफ बन्नेछु, उनले भने । वैठकमा सहभागी सांसद न्यान्सी पोलेसीले राष्ट्रपति ट्रम्प र रिपव्लिकनलाई डेमोक्र्याटको प्रस्ताव मानेर सटडाउन खुलाउन आग्रह गरेकी थिईन ।
हाउस फ रिप्रेजेन्टेटिभमा बहुमतका नेता चक सुमरले दुवै पक्ष आफ्नो अडानमा बसे निकास कहिल्यै ननिस्कने बताउदै मध्यमार्गी बाटोमा सहमत हुन राष्ट्रपति ट्रम्पलाई आग्रह गरे । ट्रम्पले सांसदहरुलाई शुक्रबार फेरी वार्ताका लागि बोलाएका छन् । आशा गरौ शुक्रबार कुनै समाधान निस्कने छ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया