सोमबार, साउन ३० २०७९
काठमाडौं १४:५८
वासिङटन डिसी 05:13

गीत गाउने मात्र नभई भाइरल समिक्षा भित्र लुकेको रहेछ यस्तो प्रतिभा !

इनेप्लिज २०७५ पुष १८ गते १२:३१ मा प्रकाशित

काठमाडौँ- सामाजिक संजाल साथै यूट्यूबको प्रयोग विदेशमा मात्र नभई नेपालमा पनि बढेको छ। पछिल्लो समय यूट्यूबमा विभिन्न प्रतिभा भएका व्यक्तित्वहरु चर्चामा हुने गरेका छन्।

आफ्नो प्रतिभाको कारण केहि समय देखि पोखराकी समिक्षा अधिकारी अत्याधिक चर्चामा छिन्। समिक्षा अधिकारी लगभग केहि हप्ता देखि यूट्यूबमा मात्र नभई सामाजिक संजालमा चर्चाको विषय बनिरहेकी छिन्।

सुमधुर स्वर भएकी समिक्षाले नेपाली चलचित्रमा समेत गीत गाइसकेकी छिन्। “नाइँ नभन्नु ल ५” चलचित्रमा रहेको “बालापनको उमेर” बोलको गीतमा स्वर दिइसकेकी समिक्षाको स्वर कुनै चल्तीमा रहेका गायिका भन्दा कम छैन।

अन्तर्वार्ताको क्रममा समिक्षाले अभिनयमा समेत रूची भएको बताएकी छिन्। साथै उनले अन्तर्वार्ताको क्रममा एक चलचित्रको डाइलग समेत सुनाएकी थिइन्।

प्रतिक्रिया