पोखराको हट एयर बलुनको फाइदा गोपी प्रचारको काइदा

इनेप्लिज २०७५ पुष १८ गते ११:२४ मा प्रकाशित

पछिल्लो समय फिल्म प्रदर्शनका लागि अनेकौँ फण्डा अनपाउन थालइएको छ । आगामी माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीले आफ्नो प्रचार लाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ । केही समय अगाडि मात्रा नेपाल भित्रिएको नेपाल कै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो ।

‘पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हट एयर बलुन मार्फत गरेका हौँ’, फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने । विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको फिल्म दिपेन्द्र लामाको निर्देशनमा तयार भएको हो ।

प्रतिक्रिया