शहीद जस्तै वेवास्ताको शिकार भएको शहीद पार्क(भिडियो सहित)

इनेप्लिज २०७५ पुष १८ गते ११:१६ मा प्रकाशित

देशमा प्रजातन्त्र स्थापनाका लागि ज्यानको आहुति दिने महान शहीदहरुको सम्झनामा एक दशकअघि निर्माण आरम्भ गरिएको शहीद पार्कको हालत शहीदकै जस्तै वेवास्तापूर्ण छ ।

जनआन्दोलन २ को सफलतासंगै काठमाडौंको गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद पार्क निर्माण थालिए पछि निर्माण सम्पन्न भैसक्नुपर्ने अवधि पार भैसक्दा पनि अलपत्र अवस्थामा छ ।

यज्ञडोल सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा शहीदका नाममा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजना अन्तर्गत स्मारक निर्माण भइरहेको हो । स्मारकको ६५० रोपनी क्षेत्रफलमध्ये ७२ रोपनीमा शहीदको स्मृति क्षेत्र, ५२ रोपनीमा संस्थागत क्षेत्र, १७२ रोपनीमा मनोरञ्जन क्षेत्र, १५ रोपनीमा धार्मिक क्षेत्र र ३३९ रोपनीमा संरक्षित क्षेत्र गरी गुरुयोजनामा चार क्षेत्र निर्धारण गरिएको हो ।

तर, अनेक कमजोरीका कारण ११ वर्षदेखि शुरु भएको राष्ट्रिय शहीद स्मारक निर्माणले अझै पूर्णता पाउन सकेको छैन । यसमा सम्बन्धित निकायले उचित चासो पनि दिएको छैन ।

प्रतिक्रिया