सवारीसाधनमा ज्येष्ठ र असक्त नागरिकलाई ५० प्रतिशत छुट
भोजपुर, पुस १८ गते । जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो ।
छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असक्तलाई तत्काल परिचयपत्र दिने गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकाले सवारी दुर्घटना न्यूनीनकरण गर्न सवारी चालक अनुमतिपत्र नबोक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने भएको छ ।
कालाजारका रोगी फेला
जिल्लामा कालाजारको बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा दुई व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो ।
कालाजारको रोकथामका लागि स्थानीय तहले खेल्नुपर्ने भुमिकाको विषयमा मङ्गलबार जानकारी दिइएको छ । भुसुनाको माध्यमबाट सर्ने भएकाले यो रोग शुरुआती अवस्थामै पहिचान गरेर उपचार गर्नु राम्रो हुने कार्यक्रममार्फत जानकारी गराइएको छ ।
कालाजारका लक्षण विषेशगरी हल्का ज्वरो, कमजोरी महसुस र भोक नलाग्नु जस्ता कारणले शुरु हुने र थुप्रै सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजो डढ्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, जस्ता लक्षण देखिने हुनाले भुसनाबाट बच्नुपर्ने क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख कृष्ण मिजारले जानकारी दिुनभयो ।
रुखले किच्दा एकको मृत्यु
भोजपुरको षडानन्द नगरपालिका–४ साङराङमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ रुद्राक्षको रुख ढाल्ने क्रममा सोही रुखले किच्दा स्थानीय ५५ वर्षीय दुर्गाबहादुर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख अमतलाल माझीले जानकारी दिनुभयो । आवश्यक प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि सुङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी पठाएको माझीको भनाइ छ ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया