खुलामञ्चको आठौँ वार्षिकोत्सव समारोह ।उदघोसकले उदघोसन गरे कार्यक्रम ३ चरणको छ भनेर । औपचारिक शुभकामना आदान प्रदान, कानुनी परामर्श र राम प्रसाद खनालको एकल साङ्गीतिक साँझ । सुरु भयो कार्यक्रम । खुल्लामन्चका प्रधान सम्पादक गोकुल ढकालले सबैलाई स्वागत गरे, धन्यवाद दिए, खुल्लामन्चका गाथा सुनाए ।
प्रमुख अतिथि महाबाणिज्यदुत ॠषि पुन्नाखर ढकालले मन्तव्य राखे । नेपाल अमेरिका पत्रकार सङ्घका अध्यक्ष सुदिप पन्त, युवा पत्रकारहरु किरण मरहठ्ठा, तोया दाहाल, सुदर्शन ओली देखी एन आर एनका हस्तीहरू, सामाजिक जीवनका अगुवाहरू इन्दिरा त्रिपाठी, राम बाबु पाण्डे, दिनेश शाह, रमेशवर भण्डारी, उत्तम कार्की लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राखे ।कार्यक्रमको अध्यक्षता गरेका बेदा जोशी, प्रमुख अतिथि ॠषि ढकाल र प्रधान सम्पादक गोकुल ढकालले विभिन्न सामाजिक अगुवा र संस्थाहरूलाई सम्मान गरे ।त्यस पछि अध्यागमन लगायतका विभिन्न विषयमा उठेका कानुनी प्रश्नहरूको जवाफ दिए अधिवक्ता वासुदेव फुलाराले ।
अनि सुरु भयो राम प्रसाद खनालको एकल साङ्गीतिक साँझ । खनालले सुरुमा आफ्ना लोकप्रिय सेन्टिमेन्तल लोकगीतहरूबाट आफ्नो प्रस्तुति सुरु गरे । त्यसपछि बिस्तारै माहौल तताउँदै र नचाउँदै लगे । खनालका लोकगीतहरू, पञ्चेबाजाका गीतहरू देखी विभिन्न गीतमा उपस्थित नेपाली समुदाय झुम्दै गए, नाचे र मनोरञ्जन गरे । करिब साढे तिनघन्टा चलेको उक्त कार्यक्रमको अन्त्यमा रात्रीभोजको पनि व्यवस्था थियो ।



प्रतिक्रिया