नयाँ वर्षका प्रतिज्ञा ४६ प्रतिसत मानिसको मात्र प्रतिज्ञा पुरा

इनेप्लिज २०७५ पुष १७ गते १९:५३ मा प्रकाशित

चलचित्र चौका दाउको टोलि देश दौडाहाको क्रम्मा ३ नम्बर प्रदेश राजधानी हेटौडा आईपुगेको छ । मंगलबार हेटौडाका पत्रकारहरुसंग साक्षतकार गर्दै चलचित्रले कमेडी कथा उठान गरेको बताईएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक पुर्णेन्द्रु झा ले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंङ्यको रुपमा चलचित्रमा देखाईएको बताउनु भएको छ ।

काठमाण्डौ उपत्यका आसपासमा छायाँकन भएको चौका दाउमा करोड माथिको लगानि रहेको बताउदै चलचित्रले उठान गरेका बिषय बस्तु यर्थातपरक रहेको निर्देश्क झा ले बताए । उनले चलचित्रको गीत र टे«ल्लरबाट राम्रो प्रतिकृया आएको बताउदै चलचित्र हेर्दा कुनै बोर फिल नहुने बताए । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी नायिका वर्ष राउतले यस चलचित्रले समाजमा हास्यवंङय मार्फत सकारात्मक सुचना दिनेमा आफुले विश्वास लिएको बताईन । उनले सिनिएर कलाकारहरु संग काम गर्दा आफुलाई भाग्यमानी रहेको बताउदै चलचित्र राम्रो बनेको बताईन ।

आफु चार जना कलाकारको दाउमा पर्ने मेजर भुमिकामा रहेको बताउदै नजानेर गरीने गल्तीले भबिष्यमा आउने अप्ठयाराहरु संग गर्नुपर्ने सामाना चलचित्रमा रहेको बताईन । यस्तै कार्यक्रममा कलाकार सन्तोष पन्तले लामो समय पछि आफुले सोचेको र आफुलाई फिटहुने चलचित्रमा काम गरेको भन्दै मुख्य जिम्बेवारी चलचित्रमा बहन गरेको बताए । उनले पहिलो पटक चलचित्रको प्रोमोशनका लागी हिडेको बताउदै यस्ता टुर कार्यक्रमले प्रतयक्ष रुपमा आफुलाई पत्रकार र दर्शकहरु संग नजिक हुने वाताबरण बन्ने बताए । यो चलचित्र आगामी पौष २७ गते देखी प्रर्दशनमा आउने बताईएको छ ।

प्रतिक्रिया