डिसीमा सिने गुरुङ्ग तथा स्थानीय म्युजिक ब्याण्ड(संगीत मण्डली )हरुका बेजोड प्रस्तुति (तस्बिर र श्रव्य दृश्य सहित )

विजय थापा २०७५ पुष १७ गते ११:४८ मा प्रकाशित

गत डिसेम्बर ३१ का दिन अंग्रेजी नयाँ बर्ष २०१९ लाई स्वागत गर्न आयोजना गरिएको “न्यू इयर्स इभ कन्सर्ट ‘नामक कार्यक्रम अपार सफलता साथ सम्पन्न भएको छ ।

कार्यक्रम भर्जिनियाको फेयरफ्याक्स स्थित तन्दुरी नाईट चमेनागृहमा सम्पन्न भएको उक्त सांगीतिक साँझमा उत्साहपूर्वक दर्शकहरुको सहभागिता रहेको थियो । सिमित स्थान भएकोले पूर्व अनुमान भन्दा धेरै दर्शकहरु आएकाले उभिएर भए पनि भरपुर मनोरंजन लिएका थिए । रात्री भोजन सहित प्रवेश शुल्क $ २० डलर राखिएको उक्त सांगीतिक साँझमा अहिले सम्म कै अत्यधिक भिड रहेको थियो ।

https://www.facebook.com/enepalese/videos/785453468460444/

चर्चित गायिका सिने गुरुङले आफ्ना चर्चित गीत ,मेरो माला ,मेरो मन ,मुसुमुसु हासी देउ ,सुक्मित गुरुङको मेरो प्रियतम सहित अन्य गीत प्रस्तुति गरेकी थिइन् । उनका प्रशंसक तथा दर्शकले मुसुमुसु हासी देउ गीत दुई पटक गाउन लगाएका थिए भने दर्शकहरु उनलाई साथ दिदै झुमेका थिए । लोकप्रिय गायिका सिने गुरुङले डिसी महानगर क्षेत्रमा पहिलो पटक प्रस्तुति गरेकी हुन् ।

उक्त ‘न्यू इयर्स इभ कन्सर्ट ‘नामक कार्यक्रममा गुरुङ बिशेष अतिथिको रुपमा प्रस्तुत भएकी थिइन् । उक्त बृहत सङ्गीत सांझमा व्यापक रुपमा एकै स्थानमा ४ वटा संगीत मण्डली(ब्याण्ड) ले तताएका र नचाएका थिए । मोक्ष मन्त्र ब्याण्ड ,अथर्व ब्याण्ड ,स्नोमास ब्याण्ड तथा पासा ब्याण्डले दर्शकलाई भरपुर आनन्द प्रदान गरेका थिए । साथै आयोजकले दर्शकहरु बसेको टेबल मुनि अप्रत्याशित पुरस्कार राखेका थिए ।

https://www.facebook.com/enepalese/videos/317640315514777/

डिसी महानगर क्षेत्रका नेपाली समुदायहरुले कलाकारहरुलाई हौशला र प्रोत्साहन दिन उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

https://www.facebook.com/enepalese/videos/510795596113675/

https://www.facebook.com/enepalese/videos/591962557909928/

https://www.facebook.com/enepalese/videos/367287540515097/

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया