घुस लिने खरिदार पक्राउ

इनेप्लिज २०७५ पुष १६ गते ९:३५ मा प्रकाशित
काठमाडौँ, पुस १६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
 
आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

प्रतिक्रिया