नयां बर्षको २०१९ को उपलक्ष्यमा घरबार बिहिनलाई नेपाली खाना वितरण
कोलोराडोमा कृयासिल लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आईतबार घरबारबिहिन स्थानीयलाई नेपाली खाना बितरण कार्यक्रम सम्पन्न भयो ।
लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा झण्डै एकसय जना घरबार बिहिन स्थानीयहरुले नेपाली खाना दाल, भात, मासु, तरकारी र खीरको स्वाद लिई खुशी साथ खाएका थिए । खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सकृय सहयोग र सहभागिता रहेको थियो ।
आईतबार ११.३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १ बजे सम्म संचालन भएको थियो । बितरित खाना लायन्सका पदाधिकारीहरुले घर घरमा तयारपारी ल्याएर बितरण गरेका थिए ।
खाना बितरण स्थल आवर सेन्टरमा बिहान ९ बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी लायन्सका ६ नर्थ ईष्टका पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष मिसायल गिल, ६ नर्थ ईष्टका चेयर पर्शन जोशन श्रेष्ठ, आवर सेन्टरका सुपरभाईजर लगायत १४ जना सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका क्लवका अध्यक्ष बिकल पराजुलीले बताएका छन् ।
लङमन्ट हिमालयज् लायन्स क्लबको सकृयतामा बिगत तिन बर्ष देखी अग्रेजी नयाबर्ष र नेपाली नयाबर्षको उपलक्ष्यमा बर्षको दुई पटक स्थानीय घरवार बिहिनलाई नेपाली खाना बितरण गरिदै आएको क्लबका निवर्तमान अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् । क्लबले कर्मभुमी अमेरिकामा र जन्म भुमी नेपालमा यस्ता दर्जनौं सामाजिक कृयाकलापहरु गर्दै आएको छ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया