मंगलबार, असोज १२ २०७८
काठमाडौं ०८:०३
वासिङटन डिसी 22:18

जीपी कोइराला फाउन्डेसनको उत्तर तथा दक्षिण अमेरिका क्षेत्रको लागि सोमनाथ घिमिरे संयोजकमा नियुक्त

इनेप्लिज २०७५ पुष १५ गते १७:५२ मा प्रकाशित

न्यु योर्कमा बस्दै आएका सोमनाथ घिमीरे जीपी कोइराला फाउन्डेसनको उत्तर तथा दक्षिण अमेरिका क्षेत्रको लागि संयोजकमा मनोनित भएका छन् । उनलाई डिसेम्बर ३० तारिखमा फाउन्डेसनका केन्द्रिय सभापति सुजाता कोइरालाले उक्त क्षेत्रको लागि नियुक्त गर्नु भएको हो ।

घिमिरे नेपाली जनसम्पर्क समीती अमेरीका न्युर्योक शाखाको संस्थापक सभापती समेत रही काम गरि सकेका छन् । उक्त पत्रमा फाउन्डेसनले बोकेर हिडेको दर्शन तथा उद्धेश्यलाई घिमिरेले राम्रो भूमिका निर्वाह गर्ने कुरामा आशा गरेको उल्लेख गरिएको छ ।

साथै केन्द्रिय सभापति सुजाता कोइरालाले नया उत्तरदायी बहन गरेकोमा बधाई दिदै कार्यकाल सफलताको लागि शुभकामना दिनु भएको छ । घिमिरे २०४४ साल बाट नेपाली काग्रेसं दलको सदस्यता लिएर सक्रिय रुपले काम गरि सकेका छन् । ०४५-०४६ को जनआन्दोलनताका आदर्श रात्रि क्याम्पस मोरङंको ने बि सघको महासचिब समेत रहेका थिए ।

घिमिरे बिभिन्न संघ/संस्था संग आबद्ध छन् भने १९९७ मा एलाएन्स फर डेमोक्रेसी एण्ड हुमन राइट्स इन नेपाल -युएस मा पनि सदस्य रहेका थिए ।

घिमिरे लगार्डिया कलेज(महा बिद्यालय) मा विद्यार्थि हुदा नेपाली युथ क्लबको सस्थापक सभापति समेत रहेका थिए ।

फाउन्डेसन को पत्र जस्ताको त्यस्तै ;

प्रतिक्रिया