बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:५०
वासिङटन डिसी 07:05

डिसीमा लोकप्रिय गायिका सिने गुरुङले नयाँ बर्ष २०१९ साँझमा प्रस्तुति गर्ने

इनेप्लिज २०७५ पुष १५ गते १७:०७ मा प्रकाशित

 

आगामी डिसेम्बर ३१ का दिन अंग्रेजी नयाँ बर्षको संघारमा हुन् लागेको नयाँ बर्ष २०१९ साँझमा चर्चित गायिका सिने गुरुङले बिशेष प्रस्तुति गर्ने भएकी छिन् । ‘न्यू इयर्स इभ कन्सर्ट ‘नामक कार्यक्रममा गुरुङ बिशेष अतिथिको रुपमा प्रस्तुत हुने छिन् । उक्त बृहत सङ्गीत सांझमा यस पटक व्यापक रुपमा एकै स्थानमा ४ वटा संगीत मण्डली(ब्याण्ड) ले तताउने भएका छन् ।

मोक्ष मन्त्र ब्याण्ड ,अथर्व ब्याण्ड ,स्नोमास ब्याण्ड तथा पासा ब्याण्ड सहितको बिशेष आकर्षण प्रस्तुति हुनेछ । यसको साथै सिने गुरुङको पहिलो पटक डिसी महानगर क्षेत्रमा आफ्नो प्रस्तुति हुने छ । रात्री भोजन सहित टिकट दर $ २० डलर राखिएको छ । कार्यक्रम भर्जिनियाको फेयरफ्याक्स स्थित तन्दुरी नाईट चमेनागृहमा हुने छ ।कार्यक्रम ठीक ८ बजे राती सुरु हुने छ ।

प्रतिक्रिया