चार महीनामा चार छावा
चितवन, पुस १५ गते । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा चार महीनामा चार छावा जन्मिएका छन् । गत वर्ष निकुञ्जका हात्तीले छावा जन्माएका थिएनन् । हात्तीको प्रजननलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ ।
खोरसोरस्थित उक्त केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार कर्णालीकलीबाट शनिबार चौथो भाले छावा छावा जन्मिएको हो । यसअघि असोज २३ गते पूजाकलीबाट पोथी छावा, कात्तिक १६ गते गणेशकलीबाट भाले छावा र मङ्सिर ३ गते तमरकलीबाट भाले छावा जन्मिाएका थिए । अझै चार गर्भिणी हात्तीले यसै वर्ष बच्चा जन्माउने चौधरीले जानकारी दिनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्ला वर्षमा प्रजनन राम्रो रहेको बताउनुभयो । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्योपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायत कारणले प्रजनन राम्रो भएको उहाँले बताउनुभयो । छावा जन्मिएसँगै व्यवस्थापनको चुनौती पनि थपिएको उहाँको भनाइ थियो । प्रजनन् केन्द्रमा पोथी हात्ती बढेसँगै जङ्गली भाले हात्ती आउने क्रम बढ्छ । अधिकांश छावा जङ्गली भाले हात्तीको प्रजननबाट जन्मिएका हुन् ।
हाल निकुञ्जमा ५७ हात्ती छन् । गर्भिणी भएपछि २२ देखि २४ महीनामा हात्तीले बच्चा जन्माउँछ । कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा छन् । निकुञ्जको हात्ती प्रजनन एवं तालीम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोष्टमा हात्ती राखिँदै आइएको छ । विसं २०४२ मा भारत सरकारले दिएको १६ वटा हात्ती ल्याएर शुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २८ वटा हात्तीका बच्चा जन्मिसकेका छन् ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया