शनिबार, असोज ९ २०७८
काठमाडौं १२:२७
वासिङटन डिसी 02:42

डीसी महानगर क्षेत्रमा साँस्कृतिक सामुदायिक भवन निर्माण गर्न महापुराण कार्यक्रमको अवधारणा बारे कार्यपत्र प्रस्तुत,प्रक्रिया सुरु(भिडियो सहित)

विजय थापा २०७५ पुष १५ गते ३:१२ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रमा साँस्कृतिक सामुदायिक भवन निर्माण गर्न महापुराण कार्यक्रमको अवधारणा बारे कार्यपत्र प्रस्तुत गरिएको छ । डिसी महानगर क्षेत्रमा रहेका सामुदायिक अभियन्ताहरुको उपस्थितिमा उक्त कार्यपत्र प्रस्तुति गरिएको थियो । साँस्कृतिक सामुदायिक भवन निर्माण गर्न महा पुराणको आयोजना गर्ने र १००१ महा पुराण मूल समारोह समिति निर्माण गर्ने कुरामा मष्तिस्क मन्थन भएको छ ।

कार्यक्रमको आयोजना कुनै संघ/संस्थाको पहलमा नभई डिसी महानगर क्षेत्र सेन्टरभिल शहरका सामाजिक अभियन्ता ददिराम ढुंगाना लगायतको बिशेष पहलमा आयोजना भएको हो । ढुंगानाले व्यक्तिगत रुपमा सबै संग सम्पर्क गरि मोटामोटी भेलाको उद्धेश्य तथा गर्न लागेको योजना बारेमा संक्षिप्त चर्चा पनि सहभागीहुनेहरुलाई अग्रिम रुपमा जानकारी गराएका थिए ।

निकै मेहनत गरेर बिशेष तयारी साथ प्रस्तुत भएका ढुंगानाले के के जिज्ञाशा आउन सक्छन भन्ने समेत कार्यपत्रमा सवाल समेत तयार पारेका थिए । किन सामुदायिक भवन ,किन महा पुराण ,कसरी गर्ने महापुराण ,किन मुल समारोह समिति बारेमा बिस्तृत जानकारी समेत उक्त कार्यपत्रमा ढुगानाले प्रस्तुत गरेका थिए ।

मूलत सांस्कृतिक सामुदायिक भवन निर्माण गर्ने र महा पुराण भन्दा पनि १००१ महापुराण मूल समारोह समिति बिषयमा केन्द्रित रहन गएको थियो ।

सामाजिक अभियन्ता ददिराम ढुंगाना बोल्दै

सामाजिक अभियन्ता ददिराम ढुंगाना डिसी महानगर क्षेत्रमा सामुदायिक भवन निर्माण हेतु महापुराण कार्यक्रमको अवधारणा बारे सामुदायिक अभियन्ताहरु बीच कार्यपत्र प्रस्तुति गर्दै :

Posted by Enepalese on Saturday, December 29, 2018

मूलत सांस्कृतिक सामुदायिक भवन निर्माण गर्ने र महा पुराण भन्दा पनि १००१ महापुराण मूल समारोह समिति बिषयमा केन्द्रित रहन गएको थियो ।

यसै बिषयमा छलफल हुँदा सामाजिक अभियन्ताहरुले सकारात्मक शुभ संकेत दिएका छन् । र आज कै मिति देखि यसको प्रक्रिया प्रारम्भ हुने भएको छ ।

१००१ महापुराण मूल समारोह समितिका बारेमा सहभागीहरुले विभिन्न आफ्ना भनाईहरु राखेका थिए । उपस्थित सहभागीहरुले महा पुराण मूल समारोह समिति बनाईनु पर्छ र यसले कार्य प्रारम्भ गरोस भने पछि छिट्टै अर्को बैठक बोलाउने समेत भएको छ ।

स्मरण रहोस ,बिगत २० बर्ष देखि डिसी महानगर क्षेत्रका शहरहरु स्यानटिलि ,सेन्टरभिल,एल्डी,मनासस,गेन्स्भिल,हर्नडन,स्टरलिङ्ग ,फेयरफ्याक्, साउथ राइडिंग ,फल्सचर्च आदी इत्यादी शहरहरुमा सामुदायिक भवन निर्माण गर्न समुदाय लागि परेता पनि सबै प्रयासहरु असफल हुन् पुगेका थिए ।

यसका लागि विभिन्न शहहरुमा बिभिन्न समुदायहरु पटक पटक यस्ता बैठकको आयोजना समेत गरिएता पनि सबै आयोजना भएका कार्यक्रम बैठकमा मात्र सिमित भएको जग जाहेर छ ।

यसका लागि विभिन्न शहहरुमा बिभिन्न समुदायहरु पटक पटक यस्ता बैठकको आयोजना समेत गरिएता पनि सबै आयोजना भएका कार्यक्रम बैठकमा मात्र सिमित भएको जग जाहेर छ ।

तर आज को बैठकले एउटा निकास दिने जमर्को गरेको छ । उपस्थित भएका ५० जना भन्दा ज्यादाले अगाडी बढ्न सुझाव दिए पछि प्रक्रिया अगाडी बढ्ने भएको देखिएको छ । सबै उपस्थित सामुदायिक अभियन्ताहरु मूल समारोह समितिमा रहने छन भने क्रमस सवैलाई यो पुन्य कार्यमा समावेश गरिने भएको छ ।

डिसी महानगर क्षेत्रमा नेपाली समुदाय द्वारा निर्माण गरिएका हालसम्म दुइवटा मन्दिरहरु निर्माणाधीन अवस्थामा रहेता पनि दुईवटा सामुदायिक आफ्नै भवन रहेका छन् । यो सांस्कृतिक सामुदायिक भवनको सपना पुरा भएमा डिसी महानगर क्षेत्रमा ३ वटा सामुदायिक भवन हुने छ ।

ढुंगानाले कार्यपत्र प्रस्तुत गर्दै गत दशकमा डीसी महानगर क्षेत्रमा नेपाली भाषी जनसंख्याकाे उल्लेखनीय वृद्धि भएको बताए छ । उनले नेपाली समाजलाई सांस्कृतिक एकताको सुत्रमा बाँधेर समुदायिक भवन निर्माणको लागि सकारात्मक वातावरण तयार गर्न’ डीसी महानगर क्षेत्रमा नेपाली संस्कृति र नेपालीपनकाे भावनालाई थप जागृत गर्न तथा गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको बताए ।

उनले कार्यपत्र प्रस्तुति मै अगाडी भने ‘हाम्रो भावी पिंढीलाई संस्थागत रूपमा हाम्रोपन, हाम्राे संस्कृति र सामाजिक विरासत हस्तान्तरण गर्न पूर्वीय आध्यात्मिक चिन्तनकाे जानकारी गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको हो ‘

हाम्रो भावी पिंढीलाई संस्थागत रूपमा हाम्रोपन, हाम्राे संस्कृति र सामाजिक विरासत हस्तान्तरण गर्न पूर्वीय आध्यात्मिक चिन्तनकाे जानकारी गराउन प्रस्तावित सप्ताह महापुराणको आयोजना गर्न लागिएको हो ‘

यसको साथै उनले भाषा कक्षा, नेपाली तथा पूर्वीय गीत संगीतकाे नियमित कक्षाहरूको दीगोरूपमा संचालन गर्न; आवधिकरूपमा विभिन्न संप्रदाय र संस्कृतिका बारेमा बाैद्धिक प्रवचन तथा सत्संगको आयोजना गर्न;परंपरागत चाडपर्वहरू, सांस्कृतिक तथा रीति रिवाज संग सम्वन्धित कार्यक्रमहरूको दीगो र सुचारू संचालन गर्न; याेगा, ध्यान लगाएतका सामुदायिक कार्यहरू नियमित रूपमा संचालन गर्न; मूल्य मान्यता र संस्कारकाे बारेमा दाेश्राे पिढीलाइ सुशिक्षित गराउने वातावरणको निर्माण गर्न हामीलाई हाम्रो आफ्नै सांस्कृतिक सामुदायिक भवन ज्यादै आवश्यक छ भने ।

याेगा, ध्यान लगाएतका सामुदायिक कार्यहरू नियमित रूपमा संचालन गर्न; मूल्य मान्यता र संस्कारकाे बारेमा दाेश्राे पिढीलाइ सुशिक्षित गराउने वातावरणको निर्माण गर्न हामीलाई हाम्रो आफ्नै सांस्कृतिक सामुदायिक भवन ज्यादै आवश्यक छ भने ।

उनले उक्त कार्यपत्र प्रस्तुतिको अन्त्यमा स्थायी सांस्कृतिक सामुदायिक केन्द्रकाे स्थापना गर्न प्रस्तावित सप्ताह महापुराणले आर्थिक श्रोतको परिचालन र सामुदायिक उत्साह सिर्जना हुने हुँदा पुनित कार्यमा सक्रिय सहयोग गरौँ र सामुदायिक सांस्कृतिक केन्द्रकाे स्थापना गर्न हाेस्टेमा हैसे गरौँ भन्दै सबैमा आग्रह गरे ।

प्रतिक्रिया