प्रेम राजभण्डारीको ‘जवानीको रस रङ्ग’ सार्वजनिक (भिडियो)

इनेप्लिज २०७५ पुष १४ गते १८:५३ मा प्रकाशित

सुबास शर्मा

नेपाली गीत संगीतको क्षेत्र पहिलेको तुलनामा अहिले निक्कै फराकिलो बन्दै गइरहेको छ। विश्व सांङ्गीतिक बजारमा नेपाली गीत संगीतले पनि आफ्नो दरिलो उपस्थिति जनाउने क्रम दिनानुदिन वढ्दै छ।फराकिलो बन्दै गैरहेको नेपाली गीत संगीतको क्षेत्र, अनि गीत संगीतमा बढ्दै गइरहेको मानिसको क्रेज। तिनै संगीत प्रेमीहरुको बढ्दो क्रेजको भिडमा आफूलाई उभ्याउन दैनिक दर्जनौं नयाँ गीतहरु सार्बजनिक भैरहेका छन्।

सार्बजनिक भएका कति गीत संगीत श्रोताको मनमा थपक्क बस्न सफल हुन्छन् त कति असफल। कस्तो गीतले श्रोताको मन जित्छ? श्रोताको मन छुन्छ भन्नेकुरा सुन्ने हरेक ब्यक्तिमा निहित रहन्छ। कसैको मनलाई सेन्टीमेन्टल गीतले धेरै तान्छ त कसैलाई रोमान्टिक गीतमा झुमिन बढ्ता मन लाग्छ।

यस्तै रोमान्टिक गीतमा रम्न रुचाउने दर्शक,र श्रोताको गीत हो ‘फूलझैँ जीवन’ एल्बममा समावेश गरिएको “जवानीको रस रङ्ग” बोलको गीत ।

लामो समय देखी मुलुक बाहिर ( अमेरिका) मा बस्दै आउनुभएका दाङ जिल्ला निवासी “प्रेम राजभण्डारी”ले लेख्नुभएको यो गीतले केवल मनोरञ्जन मात्रै दिदैन। गीतको भावलाई बुझ्न सक्ने श्रोताको लागि यो निक्कै संदेश मुलक गीतपनि हो।

साथै ,गीत संगीतको बजारमा मौलाएको बढ्दो अस्लिल भिडियोको चुनौतीपनि नेपाली संगीतले थेग्न गार्‍हो गार्‍हो परेको बेला यो गीत र भिडियोले केही महत्त्व राख्दछ।

प्रेम राजभण्डारीको शब्दमा ‘गायिका’ सहिमा श्रेष्ठको सुमधुर स्वर अनि, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीतमा सजिएको यो गीतलाई “गोल्डेन क्रियशन ” प्रालिले बजारमा ल्याएको हो। जम्मा छ वटा गीत समावेश गरिएको “फूलझैँ जीवन” एल्बमको यो छैटौं नम्बरको गीतको म्युजिक भिडियो “म्युजिक नेपाल” को युटुव च्यानल मार्फत सार्बजनिक भएको छ भने, अन्य पाँच वटा गीतहरु सार्वजनिक हुने तयारीमा छन्।

यू एस खबर डट कम बाट

प्रतिक्रिया