सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:२४
वासिङटन डिसी 18:39

क्षमता अभिवृद्धि तथा कार्ययोजना निर्माण अभिमुखीकरण सम्पन्न

इनेप्लिज २०७५ पुष १४ गते १६:१२ मा प्रकाशित


सिन्धुली, पुस १४ गते । नेपाल रेडक्रस सोसाइटीले सिन्धुलीमा क्षमता अभिवृद्धि तथा कार्ययोजना निर्माण अभिमुखीकरण सम्पन्न गरेको छ । हिजो र आज दुई दिन जिल्लाको संरक्षण, लैङ्गिकता तथा समावेशीकरण उपसमिति र उपशाखा पदाधिकारी, सदस्य र आजीवन सदस्यहरूलाई छुट्टाछुट्टै गरेर अभिमुखीकरण गरिएको हो ।

महिला सशक्तिकरण, बाल संरक्षण, अपाङ्गता समावेशी र हिंसा रोकथाम तथा प्रतिकार्यमा सशक्त रूपमा कार्य गर्न उपसमिति तथा उपशाखाहरूको क्षमता अभिवृद्धि गर्ने तथा ती गतिविधिहरू सञ्चालनमा लागि कार्ययोजना निर्माणमा सहयोग पुर्याउने उद्धेश्यले अभिमुखीकरणको आयोजना गरिएको हो । कार्यक्रममा सिन्धली जिल्ला शाखा संरक्षण, लैङ्गिकता तथा समावेशीकरण उपसमितिका संयोजक तथा सदस्यहरू तथा कमलामाई नगरपालिका ७ बुद्धनगर उपशाखाका पदाधिकारी, सदस्य र आजीवन सदस्यहरू गरी ३० जनाको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अष्ट्रेलियन रेडक्रसको सहयोगमा भूकम्प प्रतिकार्यअन्तर्गत संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया