नेपाली बजारमा भित्रियो अमेरिकी लाइटर ब्राण्ड जिप्पो
काठमाडौं, १४ पुस । अमेरिकाको चर्चित ब्राण्ड जिप्पो नेपाली बजारमा प्रवेश गरेको छ । अमेरिकासहित विश्वभर लाइटरको लागि चर्चित जिप्पो ब्राण्डले नेपालका लागि आधिकारिक बितरकमा जिपाल कम्पनी प्रालिलाई चयन गरेको छ ।
जिपल कम्पनी प्रालिले नेपाली बजारमा आधिकारिक रुपमा अमेरिकाबाट जिप्पो ब्राण्डका उत्पादनहरु आयात तथा बिक्री बितरण गर्नेछ ।
सो घोषणा कार्यक्रममा नेपालका लागि जिप्पोका बजार प्रतिनिधि, नेपाली कम्पनी जिपाल कम्पनी प्रालिका अधिकारीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा जिपाल कम्पनी प्रालिका म्यानेजिङ्ग डाइरेक्टर मनिष मिश्रा तथा धन बहादुर तामाङ्गले नेपाली बजारमा पहिलो पटक आधिकारिकरुपमा जिप्पो ब्राण्डका लाइटरहरु उपलब्ध गराएको जानकारी दिए ।
नेपाली बजारमा कम्पनीले न्यूनतम मूल्य २ हजार ५ सय ६० रुपैयाँदेखि अधिकतम २४ हजार रुपैयाँसम्मका जिप्पो लाइटरहरु बिक्री गर्नेछ ।
सन् १९३२ मा अमेरिकी नागरिक जर्ज जी ब्लेसफिल्डले जिप्पो ब्राण्डको लाइटरको डिजाइन तथा उत्पादन शुरु गरेका थिए । हाल जिप्पोको नेतृत्व ब्लेसफिल्डका नाती जर्ज बि ड्यूकले गरिरहेका छन् ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया