गुल्मी समाज पोल्यान्डद्वारा पानी अभियानकर्ता पार्दे सम्मानित

कलश खरेल पोल्यान्डबाट २०७५ पुष १४ गते १२:१३ मा प्रकाशित

 

हरेक मानिसको एउटा सिद्धान्ततह:लक्ष्य हुन्छ सुखी र समृद्ध जीवन बनाउने तर आम मानिस बिचमा त्यस्ता बिरलै व्यक्ति उजागर हुन्छन् जसले आफ्नो व्यक्तिगत जिबनको कुनै प्रवाह नगरी समाज एबम रास्ट्रका खातिर पुरै जीवन तिलान्जली दिने जुन गणना गर्दा सिमित हुन्छन् उनै रास्ट्रनायक व्यक्ति मध्येका एक व्यक्ती हुन् पोल्यान्डका मित्रलाल पार्दे।सुन्दा अचम्म र अनौठो लाग्न सक्छ आर्थिक रुपमा कमजोर व्यक्तिले पानीको अभावमा तड्पपिएका ती पानीबाट कल्पित बेसहाराहरुलाई पानी प्रवाह गरेर तिर्खा मात्र मेट्न लागिपरेका छैनन् बरु दाङ्गको सिङ्गो सुनपुर गाउँलाई हरेक घरमा पानीका बेग सहित धारा जडान गर्न दबाब दिइरहने र आफू पनि हरेक निकायमा अनुरोध गरिरहेका छन् । आफ्नो निम्न आर्थिक श्रोतका बाबजुत हरेक घरमा धारो होस हरेक गाउमा सिचाइ होस भन्ने मुल नारा बुलन्द गरे जुन अहिले सतहिमा परिणाममुखी हुँदै गएको छ।देश-प्रदेशका विभिन्न तह-तप्काका मानिस आर्थिक सहयोग मार्फत उनको नारामा सामिप्य भएका छन।

 

उनको गौरवपुर्ण कार्यको मुल्यांकन गर्दै उनको महान सोचमा साथ र समर्थन दिदै निरन्तर अभियानमा जुटेका दाङ्ग निबासी भएता पनि गुल्मिबासी सम्मिलित गुल्मी समाज पोल्यान्डले वारसवामा बृहत् सास्कृतिक कार्यक्रममा बिचमा भब्य सम्मान गरेको छ।जुनसुकै तह-तप्का र क्षेत्रको भएपनि सामाजिक बिकासमा हरतरहले समर्पित व्यक्तिलाई सम्मान एबम उत्साह प्रदान गर्न जरुरी छ भन्ने आख्यान गुल्मी समाज पोल्यान्डले उदारहण प्रस्तुत गरेको छ।

प्रतिक्रिया