खेलकूद विकासमा स्पष्ट नीति आवश्यक : प्रदेश प्रमुख कुँवर
कास्की, पुस १४ गते । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले देशमा खेलकूदको विकासका लागि स्पष्ट नीति आवश्यक रहेको बताउनुभएको छ । पोखरा म्यासेञ्जरको विशेष प्रकाशन “फुटबल” पुस्तकको आज पोखरामा विमोचन गर्नुहुँदै कुँवरले खेलाडी र खेलका माध्यमबाट व्यक्ति, परिवार, समाज र देशकै प्रतिष्ठा बढ्ने भएकाले खेलकूद विकासका लागि राज्यले स्पष्ट नीतिका साथ योजना बनाएर बजेट विनियोजन गर्नुपर्र्नेमा जोड दिनुभयो ।
प्रकाशित पुस्तक यस क्षेत्रको फुटवल विकासको अभिलेख भएको र भावी पुस्ताले यसलाई प्रेरणाको रुपमा ग्रहण गर्ने उहाँको भनाइ छ । पर्यटन र खेलकूदबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै उहाँले पर्यटकीय शहर पोखरामा खेल गतिविधिको विस्तार गर्दै उन्नत खेलमार्फत क्षमतावान खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले पुस्तकले यस क्षेत्रमा फुटबल खेलको विकासको इतिहास बुझ्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
पुस्तक प्रकाशक तथा अखिल नेपाल फुटबल सङ्घ(एन्फा) का पूर्व केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईले फुटबलको विकासका लागि प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्शालालगायत पूर्वाधार निर्माण गरिनुपर्ने बताउनुभयो ।
सम्पादक विनोद लामिछानेले गण्डकी प्रदेशमा खेलको इतिहाससहित आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा पुस्तकमा समेटिएको बताउनुभयो ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया