सोमबार, साउन ३० २०७९
काठमाडौं १४:५२
वासिङटन डिसी 05:07

कान्छा सामाजिक अभियन्ता केपी खनाल संग -“सच्चीको साथमा” समूहको हातेमालो प्रारम्भ

इनेप्लिज २०७५ पुष १४ गते २:५३ मा प्रकाशित

कान्छा सामाजिक अभियन्ता केपी खनाल संग सच्चीको साथमा” संचार समूहले हातेमालो गर्दै आफ्नो कार्य प्रारम्भ आजै देखि गरेको छ । अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित बिधुतिय पत्रिका(अङ्किय पत्रिका )ईनेप्लिज डटकमको “सच्चीको साथमा” नामक कार्यक्रम कि प्रस्तोता सच्ची मैनाली सहित उनको टोलीले मानवीय कारण को लागि पहल गरेको हो ।

बिकट बाजुरामा बन्दै गरेको अनाथहरुको बालगृह निर्माण कार्य सम्पन्न गर्ने कार्यमा सहयोग रकमको अभावका कारण छत हाल्ने कार्य रोकिएको हुदा आफ्नो मातृभूमिका अनाथ बालबालिकाको निम्ति सानो सहयोग स्वरूप ईनेप्लिज डटकमबाट प्रशारण हुने घरबास र प्रवासका समसामयिक बिषयहरु समेटिने “सच्चीको साथमा” नामक कार्यक्रम टोलीको अग्रसरतामा आरम्भ भएको यो अभियानमा होस्टेमा हैसे गर्न सबैमा अपिल गर्दछ ।

कान्छा सामाजिक अभियन्ता केपी खनाल स्वयम ले सानो सहयोग गर्न पहल गरि दिन अनुरोध गर्दै हातेमालो गर्न आग्रह गरे पछि यो नि:स्वार्थ अभियान थालिएको हो ।

यहाहरु पनि यो पवित्र काममा सहयोग गर्न इच्छुक हुनु हुन्छ भने यहाँ थिचेर खुला हृदयले सहयोग गर्न सक्नु हुने छ :

https://www.gofundme.com/vug7vm?member=1395434&fbclid=IwAR38pbP98kbZZ5VlmNEoZGppqe_pmZDrDbhVspepNwL0m8jDNmoNlavutTA

धन्यवाद !

“सच्चीको साथमा” समूह :

प्रतिक्रिया