अमेरिकामा नेपाली अभिभावकले बिशेष कदम नचाले नेपाली भाषाको जरा काटिने : वरिष्ठ चलचित्र निर्देशक एवम् साहित्यकार यादव खरेल

विजय थापा २०७५ पुष १४ गते १:२८ मा प्रकाशित

अमेरिकाको केही महिने निजी भ्रमणमा रहनु हुँदा वरिष्ठ चलचित्र निर्देशक एवम् साहित्यकार यादव खरेलले नेपाली समुदाय अर्थात् अभिभावकले बिशेष कदम नचाले नेपाली भाषाको जरा काटिने बताउनु भयो ।

अमेरिकाको भ्रमणमा रहदा खरेलले ईनेप्लिज संगको कुराकानीमा उक्त कुरा बताउनु भएको हो । खरेलले कुराकानीमा भन्नु भयो ,मलाई डर लागि रहेको छ ,जति पनि नेपालीहरु अमेरिकामा छन् ,उनीहरुले आफ्ना सन्तानलाई घरमा नेपाली मात्र बोल्ने र लेख्ने कुरा नसिकाए निश्चित रुपमा दोश्रो पुस्ता पछि नेपाली भाषाको जरा काटिने बताउनु भयो ।

वहाले अगाडी भन्नु भयो अमेरिकाका विभिन्न राज्यहरुमा नेपाली पाठशाला खोलिएका छन् । सबै पढाउने शिक्षकहरु स्वयम् सेवक रुपमा स्वयम् अभिभावकहरुले काम गरि रहेका छन् भन्नु भयो । कहिले सम्म स्वयम सेवक गर्ने ? यस्का लागि समुदाय एक ढिक्का हुनु पर्ने र बिशेष कार्यक्रम लागु नगरे बिस्तारै नेपाली भाषा मासिने हुन्छ भन्नु भयो ।

यस्का लागे समुदाय एक ढिक्का हुनु पर्ने र बिशेष कार्यक्रम लागु नगरे बिस्तारै नेपाली भाषा मासिने हुन्छ भन्नु भयो ।

वहाले डीसी क्षेत्रमा रहदा भर्जिनियाको सेन्टरभिल शहर स्थित बिना लामा खड्का द्वारा संचालिका रहेको नेपाली पाठशाला जानु भै अवलोकन गरेको बताउनु भयो । अन्य राज्यहरुमा पनि यस्तै पाठशाला संचालनमा भएको सुनेको छु ईनेप्लिजलाई बताउनु भयो ।

वहाले अगाडी भन्नु भयो यतिले पुग्दैन । किनभने दोश्रो पुस्ताका बालबालिकाहरु अशुद्ध बोल्दछन । उच्चारणमा समस्या पनि छ । उनीहरु करले मात्र पढेको जस्तो पनि बुझिन्छ भन्नु भयो । अभिभावकहरु निकै चिन्तित रहेको नेपाली भाषा पढाउन अमेरिकाका विभिन्न राज्य ,शहर तथा टोलमा लाने परिपाटी देखे भन्नु भयो ।

यादवले भन्नु भयो अभिभावक दिनभरी काम गरेर लखतरान भएर आएर आफ्ना छोराछोरीलाई समय दिन पनि सक्दैनन् । त्यसको अतिरिक्त अमेरिकन जीवन व्यस्त छ । र आफूले धेरै कुरामा अल्झिनु पर्ने हुनाले नेपाली भाषा सिकाउन उनीहरुलाई चाहिने जति समय दिने गरेको देखिदैन भन्नु भयो ।

बालबालिकाहरु पाठशालामा गए पछि आफ्ना साथीभाईहरु संग केवल अंग्रेजीमा मात्र बोलचाल गर्छन । त्यहि रुपमा नेपाली भाषालाई प्राथमिकता दिदैनन । अनि भाषा मिश्रित पनि हुन्छ भन्नु भयो । उनीहरुलाई नेपाल प्रति मोह त्यति हुदैन र छैन भन्नु भयो । उनीहरु कहिले नेपाल फर्कदैनन । वहाले अगाडी बिशेष जोड दिदै भन्नु भयो भाषा नेपालीको पहिचान हो ।

वहाले अगाडी बिशेष जोड दिदै भन्नु भयो भाषा नेपालीको पहिचान हो । आफ्नो देशको भाषा अर्थात् नेपाली भाषा बोल्न आएन भने अस्तित्व समाप्त हुने छ भन्नु भयो । यो अपरिहार्यता छ भन्नु भयो ।

वहाले अमेरिकामा रहेको गैर आवासीय नेपाली संघ अमेरिका पनि छ यसले बिशेष कदम चाल्न पर्ने अवस्था आएको बताउनु भयो । यसै गरि अभिभावकले पनि गम्भीरता पूर्वक लग्नु पर्ने सुझाव दिनु भएको छ ।

दिनहु अमेरिका मात्र नभई विदेश जाने क्रम जारी रहेकोले सबै भन्दा पहिला आफूले आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउन ठूलो भूमिका निर्वाह गर्ने बताउनु भयो ।

वहाले भन्नु भयो ,आफू बेलायतमा पढे । अमेरिकामा पनि बस्ने अवसर पाएको थिए तर गम्भिरपूर्वक यदी आफु र आफ्ना सन्तानलाई अमेरिका ल्याए भने नेपाली भाषाको जरा काटिने डरले आफू अमेरिका जस्तो देश छोडेर मातृभूमि फर्केको बताउनु भयो ।

ईनेप्लिजका प्रतिनिधिले अमेरिकाका विभिन्न राज्यमा प्रसस्त नेपाली भाषा पाठशाला खुलेका छन् यस्ले केही राहत देला नि त भन्ने राखेको जिज्ञाशामा त्यतिले पुग्दैन भन्नु भयो । तन मन धनका साथ भित्र बाट आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउछु भन्ने प्रतिबद्धता आउनु पर्ने बताउनु भयो ।

तन मन धनका साथ भित्र बाट आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउछु भन्ने प्रतिबद्धता आउनु पर्ने बताउनु भयो ।

बाहिरी सतह बाट सिकाएर उनीहरुले धेरै जान्न न सक्ने बताउनु भयो ।यसको लागि बिशेष बिशेष ठोस कार्यक्रम ल्याउनु पर्ने सुझाव दिदै आफूले बिदेशमा आफ्ना छोराछोरीलाई बिशेष ध्यान नदिए दोश्रो पुस्ता देखि नै नेपाली भाषाको जरा काटिने आफूलाई लागेको बताउनु भयो ।

वरिष्ठ साहित्यकार यादव तिहार पछि नेपाल फर्कनु भएको छ । गीत, मुक्तक, नियात्रा, कविता आदि विधामा विशेष सामर्थ्य प्रस्तुत गरि सक्नु भएका खरेल चलचित्रका निर्देशक, निर्माता तथा लेखकका रूपमा अत्यन्त चर्चित व्यक्तित्व हुनु हुन्छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया