शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:४५
वासिङटन डिसी 02:00

बाना ट्रस्टिको संस्थापक हुन डिसेम्बर ३१ सम्म २५ सय डलर ,जनवरी १ देखि ५ हजार डलर हुने

इनेप्लिज २०७५ पुष १४ गते ०:११ मा प्रकाशित

 

गत डिसेम्बर २० तारिखमा बाना बोर्ड अफ ट्रस्टिको निर्वाचन सम्पन्न भएको थियो । अमेरिका कै अत्यधिक क्रियाशील बाल्टिमोर एसोसिएशन अफ नेप्लीज ईन अमेरिका (वाना)ले बोर्ड अफ ट्रस्टिको अध्यक्षमा संस्था कै निवर्तमान अध्यक्ष कुलमणि आचार्य निर्वाचित भएका थिए ।

संस्था कि अध्यक्षमा अनु श्रेष्ठ वन्तको ईनेप्लिज संग कुरा गर्दै संस्थापक हुन् हाल  २५ सय डलर तिरे पछि संस्थापक ट्रस्टी (गुठि )सदस्य बन्न पाइने बताउनु भयो । वहाले अगाडी भन्नु भयो २५ सय डलर रकम केवल डिसेम्बर ३१ ,२०१८ सम्म मात्र रहने छ । डिसेम्बर ३१ तारिख सोमबार पछि जनवरी १,२०१९ नयाँ बर्ष लाग्ने र नयाँ बर्ष देखि ५ हजार डलर हुने बताउनु भयो ।

अध्यक्ष अनुले इच्छुक जो कोहि पनि संस्थापक गुठि सदस्य बन्न पाइने भएकोले यसै मार्फत यो जानकारी दिन चाहेको बताउनु भयो । वहाले थप जानकारी दिदै दुई वटा संस्था प्रवासी नेपाली मंच अमेरिका तथा एनपीपीए संस्थापक ट्रस्टी बन्ने जानकारी दिनु भयो ।

गत डिसेम्बर २० तारिखमा भएको बाना बोर्ड अफ ट्रस्टिको भेलाले ७ सदस्यीय कार्यसमिति समेत गठन गरेको थियो । निर्वाचित कार्यसमितिको अध्यक्षमा वानाका निवर्तमान अध्यक्ष कुणमणी आचार्य ,उपाध्यक्षमा राजन कट्टेल ,महासचिवमा दिवाकर ज्ञवाली निर्वाचित भएका थिए । यसै गरि सदस्यहरूमा अनु श्रेष्ठ वन्त ,प्रभु थापा ,देवब्रत शर्मा र गोपाल विक रहनु भएको छ ।

 

प्रतिक्रिया