रहेनन् लोकगायक लामिछाने

इनेप्लिज २०७५ पुष १४ गते ०:०३ मा प्रकाशित

काठमाडौं । ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर, कसलाई दिऊँ यो जोवन’ लगायतका चर्चित लोक गीतका सर्जक बुद्धिकृष्ण लामिछानेको शुक्रबार निधन भएको छ ।

विभिन्न रोगबाट ग्रसित लामिछानेको भक्तपुरस्थित निवासमा निधन भएको हो ।

गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए । लामिछानेका २ छोरा रहेका छन् ।

प्रतिक्रिया