डीसी क्षेत्रमा छक्का पन्जा ३ अन्तिम पटक प्रदर्शन गरिने
यो बर्षकै सर्वाधिक लोकप्रिय चलचित्र‘छक्का पञ्जा ३’ दर्शकहरुको माँग अनुसार अन्तिम पटक डीसी क्षेत्रमा प्रदर्शन हुने भएको छ । उक्त चलचित्र हेर्न छुटेका तथा समय व्यवस्थापन गर्न नसकी चलचित्र हेर्न नभ्याएकालाई अन्तिम पटक प्रदर्शन गर्न लागिएको जानकारी आयोजकले दिएका छन् । चलचित्र जनवरी ६ ,२०१९ आइतबारका दिन प्रदर्शन गरिने छ ।
चलचित्र टिकट दर $ १५ डलर राखिएको छ भने चलचित्र ठिक २ बजे सुरु हुनेछ । चलचित्र भर्जिनियाको फल्सचर्च स्थित डीसी चलचित्र मन्दिरमा हुने छ ।
दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल,दीपिका प्रसाई लगायतको मुख्य भुमिका रहेको छ । अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत रहेका छन् । सरकारी बिद्यालय र निजि बिद्यालयको बिषय चलचित्रले उठाएको छ ।
दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले हास्यव्यंग्य कथामा सामाजिक सन्देश बोकेको छ ।
बिस्तृत जानकारीको लागि रोशन पुरी तथा पुस्कर पन्त संग सम्पर्क गर्न सकिने छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया