कटहरियाका मेयरलाई सर्वाेच्चबाट सफाइ

सञ्जय साह मित्र २०७५ पुष १३ गते २३:०३ मा प्रकाशित

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई सम्मानित सर्वोच्च अदालतले सफाइ दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदा घिमिरे आ डम्बर शाहीके संयुक्त इजलाससे मेयर कुशवाहालाई सफाइ दिएको हो । कुशवाहामाथि वीरगंजका काशी तिवारीको हत्या गरेको आरोप लागेको थियो ।

यसअघि कुशवाहालाई उच्च अदालत, जनकपुरको वीरगंज इजलासले जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैद सुनाएको थियो । फैसलालगत्तै गत वैशाखमा पक्राउ परेका मेयर कुशवाहाले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

गत स्थानीय तहको निर्वाचनमा कुशवाहा तत्कालीन नेकपा माओवादीबाट कटहरिया नगरपालिको मेयर पदमा निर्वाचित भएका थिए । अदालतको फैसला लगत्तै मेयर कुशवाहा शुक्रबार साँझ रिहा भएका छन् । रिहाइपछि प्रक्रिया दिँदै मेयर कुशवाहाले सम्मानित अदालतले आफूलाई न्याय दिएको र न्यायालयप्रति जनताको विश्वास बढेको बताएका छन् ।

सर्वोच्चबाट सफाइ पाए लगत्तै सयौँले मेयर कुशवाहालाई स्वागत गरेको काठमान्डुबाट नेपाल चलचित्र कर्मी संघ प्रदेश २ का अध्यक्ष विजय यादव निर्बिजले जानकारी गराएका छन् ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया