पोल्यान्ड नेपालका सम्पादक खरेल सम्मानित

मित्रलाल पार्दे २०७५ पुष १३ गते २२:२९ मा प्रकाशित

नेपालको विभिन्न सन्चारमाध्यमा उत्कृष्ट पत्रकारिताबाट निखारिएका कलश खरेलले पोल्यान्डमा आएर पनि त्यो बियोलाइ जम्न दिएनन् बरु शिखरमा पुराए।पछिल्लो समय पोल्यान्डको चर्चित मिडिया पोल्यान्ड नेपालको सम्पादकको रुपमा कार्यसम्पादन गर्दै आइरहेका खरेलले सत्यतथ्य खबरप्रबाहलाइ तेजस्वी बनाउदै लगेका छन् ।बिकृती-बिसङ्गतिलाइ उजागर गर्दै सामाजिक बिकासमा पहरेदारिको भुमिका गर्नु पर्छ भन्ने मान्यताकासाथ पोल्यान्डमा पनि आम -नेपाली जनहितका खातिर कलम चलाइरहेका छन् । दुरदर्शितालाइ उच्च प्राथमिकतामा राखेर कलम चलाउने खरेल छोटो समयमै पोल्यान्डमा चर्चाको शिखरमा पुग्ने उर्जाशिल पत्रकार हुन् ।

उनको लेखाइ र रचनात्मक पत्रकारितालाई मध्यनजर गर्दै गुल्मी समाज पोल्यान्डले खरेललाइ भब्य सास्कृतिक कार्यक्रममा उत्कृष्ट पत्रकारिताबाट सम्मान गरेको छ।पुरस्कार ग्रहणपछि खरेलले पत्रकारिता प्रतिको निष्ठाबाट कत्तिपनी बिचलित नभई सत्यतथ्य एबम खोजमुलक खबर प्रबाहमा आफ्नो दक्षताले भ्याएसम्म कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।उक्त अबसरमा खरेलले सम्मानबाट आफू उत्साही भएको यद्दपी चुनौती पनि उत्तिकै थपिएको बताए।खरेल नबगठीत नेपाल पत्रकार समिती पोल्यान्डका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया