शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:३४
वासिङटन डिसी 13:49

होन्डुरसबाट १५ हजारको काराभान अमेरिका लम्कदै ,मेक्सिको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

यादवराज जोशी २०७५ पुष १३ गते १९:३४ मा प्रकाशित

दक्षिण अमेरिकी राष्ट्रबाट करिव १५ हजार मानिस अमेरिकातर्फ लम्कदै गरेको समाचार माध्यमहरुले जनाएका छन् । कामको खोजीमा अमेरिका जान चाहने हजारौं मानिस हेन्डुरसबाट उत्तरतर्फ लागेका छन् । 

ठूलो संख्यामा दक्षिण अमेरिकीहरु अमेरिका गन्तव्य बनाएर अगाडि बढेको समाचार सार्वजनिक भए लगत्तै अमेरिका मेक्सिको सीमा फेरी बन्द गर्ने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन् । हाल इराक भ्रमणमा रहेका ट्रम्पले ट्विट मार्फत यस्तो चेतावनी दिएका हुन । दक्षिणी सीमामा पर्खाल लगाउने ट्रम्पको योजनाकोलागि बजेट कांग्रेसबाट पारित नभएपछि हाल अमेरिकी केन्द्रिय सरकारले गर्भमेन्ट सटडाउन भोगीरहेको छ ।

 

ट्रम्पले ट्विटमा भनेका छन्, हामीले सीमामा पर्खाल लगाउनै पर्छ । होन्डृरस, ग्वाटेमाला र एल साल्भाडोरले अमेरिकामा कुनै योगदान गरेका छैनन् तर हाम्रो पैसा लुटेका छन् । हेन्डुरसमा हजारौ मानिस जम्मा हुदैछ । ट्रम्पले यि तीन देशलाई दिने अनुदानपनि कटौती गरिने बताएका छन् । सन् २०१९ को जनवरी मध्यमा यो काराभान मेक्सिकोबाट अमेरिका छिर्ने प्रयास गर्नेछ । 

स्पेनिस भाषाका सञ्चारमाध्यमले यो काराभान अमेरिका प्रवेश नगर्ने बताएका छन् । यिनीहरु दक्षिणी मेक्सिकोका चिपास र ओक्साका क्षेत्रमा कृषि मजदुरको रुपमा काम गर्ने बताए । आप्रवासीमा काम गर्ने रेक्टिभा तिवाना फाउन्डेसनले होन्डुरसमा जम्मा भएका मानिस दक्षिण मेक्सिकोमा काम खोज्ने जनाएको छ । 

यसैबीच, सयौ दक्षिण अमेरिकी आप्रवासीको समुह तिवानामा जम्मा भएको छ । यहाँ हजारौ मानिस अमेरिका प्रवेस गर्ने समय पर्खिदै बसेका छन् । प्रत्येक साता एकहजार दक्षिण अमेरिकी तिवानामा जम्मा भैरहेका छन् । 

स्रोतः बिजनेस इनसाईडर र अन्य एजेन्सी । 

एपी तस्वीरः सान डियागो नजिक सीमा पर्खाल नाघेर अमेरिका प्रवेस गर्दै होन्डरसका आप्रवासी 

रोयट्रस तस्वीरः होन्डुरसमा जम्मा भएको काराभान

प्रतिक्रिया