लायन्स क्लवको आयोजनामा चितवनको कालिकामा निशुल्क स्वास्थ्य परीक्षण

शिशिर सिंखडा २०७५ पुष १३ गते १२:१८ मा प्रकाशित

लायन्स क्लव अफ चितवन कालिकाको आयोजनामा आज पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । कालिका नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा मनकामना अस्पताल भरतपुरले प्राविधिक सहयोग गरेको थियो ।

क्लवका अध्यक्ष शिशिर सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने तृतीय उपाध्यक्ष दिपक लामिछानेले ध्वजाको अभिवादन गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालका जोन चेयर पर्सन भिष्म प्रसाद खनाल, मनकामना अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरी, प्रमुख कार्यकारी अधिकृत अमृत मास्के, क्लवका संस्थापक अध्यक्ष एवम् वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, क्लवका सचिव सिपी अधिकारी, कार्यक्रम संयोजक बुद्धि प्रसाद अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

स्वास्थ्य शिविरमा २ सय १० जना बिरामीको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधी समेत निशुल्क रुपमा उपलब्ध गराइएको थियो । शिविरमा सुगर, प्रेसर, थाइराइड, ग्याष्ट्रिक लगायत पेट सम्बन्धी रोगको परीक्षण गरिएको थियो । कार्यक्रममा क्वेस्ट कम्पनी र इन्टास कम्पनीले निशुल्क रुपमा औषधी उपलब्ध गराएका थिए । शिविरमा मनकामना अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरी, स्वास्थ्यकर्मीहरु पुजा ढकाल, करिष्मा चौधरी लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रतिक्रिया