बुधबार, भदौ १ २०७९
काठमाडौं ०५:०६
वासिङटन डिसी 19:21

मिशेल ओबामा सन् २०१८ कि सर्वाधिक प्रशंसित महिला घोषित

इनेप्लिज २०७५ पुष १३ गते ०:०६ मा प्रकाशित

अमेरिकाकि पूर्व प्रथम महिला मिशेल ओबामा सन् २०१८ कि सर्वाधिक प्रशंसित महिला घोषित भएकी छिन् । उनले हिलारी क्लिन्टनलाई पनि उछिनेकी छिन् ।  बिगत दुई दशक देखि हिलारी क्लिन्टनले उक्त सम्मान पाई रहेकी थिइन् ।

मिशेल ओबामालाई उक्त सम्मान पाउन १७ बर्ष लागेको छ । बिहिबार जारी गरिएको एक सर्वेक्षण अनुसार उक्त नतिजा मिशेल ओबामाको पोल्टोमा आएको छ ।

नया जनमत द्वारा मतदान गरि उक्त परिणाममा मिशेल ओबामाको नाम परेको हो । उनले गत नोभेम्बरमा सम्पन्न भएको निर्वाचनमा मतदानको महत्व बारेमा प्रबर्द्धन गरे गर्नुको साथै उनको आत्मकथा पुस्तकको प्रबर्द्धन गर्दै यात्रा प्रारम्भ गरेकी थिइन् ।

यसै गरि दोश्रोमा सर्वाधिक सर्वाधिक प्रशंसित महिला ओप्राहा विन्फ्रे तथा हिलारी क्लिन्टन तथा प्रथम महिला मेलानिया ट्रम्प तेश्रो भएका छन् । यसै गरि बेलायत कि महारानी एलिजाबेथ,जर्मनका चान्सलर एन्जेला मार्कल ,सर्वोच्च अदालतका न्यायाधिस रुथ बाडर गिन्सबर्ग ,एलेन डिजेनेरेस ,निक्की हेली ,पाकिस्तानी मालाला तथा डेमोक्रेटिक दलकी नेता न्यान्सी पेलोसी क्रमस १० औ स्थानमा परेका छन् ।

उत्तरमा बिभाजन भएको थियो भने डेमोक्र्याट्स तथा स्वतन्त्रले बराक ओबामा तथा मिशेल ओबामाले सर्वाधिक प्रशंसितमा उत्तर दिएका थिए भने रिपब्लिकनहरुले डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्पलाई मन पराएका थिए ।

यसै गरि पुरुषहरुमा बाराक ओबामा ११ बर्ष सम्म लगातार अत्यधिक प्रशंसित व्यक्तिको रुपमा अझ पनि चयन भएका छन् भने डोनाल्ड ट्रम्प दोश्रा तथा जर्ज डब्लु बुश तेश्रो स्थानमा रहेका छन् । यसै गरि पुरुष तर्फ पोप फ्रान्सिस ,,बिल गेट्स ,सिनेटर बर्नी स्यानडर्स,बिल क्लिन्टन ,दलाई लामा ,अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडन ,उधमी एलोन मस्क तथा अमेरिकाका उप राष्ट्रपति माइक पेन्स १० औ स्थानमा परेका छन् ।

उक्त सर्वेक्षण न्युजग्यालप डटकमले गरेको हो । ग्यालपका अनुसार डिसेम्बर ३ देखि डिसेम्बर १२ सम्म क्रमरहित(आकस्मिक) रुपमा १ हजार २५ वयस्कहरुकलाई छनौट गरेको जनाएको छ ।

तस्बिर : गुगल डटकम 

प्रतिक्रिया