सोमबार, साउन ३० २०७९
काठमाडौं १४:५७
वासिङटन डिसी 05:12

एक्लै एन्टार्टिका छिचोले ओब्राडीले

यादवराज जोशी २०७५ पुष १२ गते ११:३५ मा प्रकाशित

अमेरिकी नागरिक ३३ वर्षिय कोलिन ओब्राडीले एक्लै एन्टार्टिका छिचोलेर विश्व किर्तिमान कायम गरेका छन् । उनले ५४ दिनमा हिउ नै हिउले भरिएको एन्टार्टिकामा एकहजार माईल यात्रा गरेका छन । उनले एन्टार्टिका महादेशको उत्तरबाट दक्षिण तर्फ यात्रा गरेका थिए ।

मैले कुनै सहयोग बिना एक्लै एन्टार्टिकाको एक छेउदेखि अर्को छेउ यात्रा गरेर इतिहास बनाए, अन्तिम ७७.५ माईल यात्रा ३२ घन्टामा पार गरेपछि उनले इन्स्टाग्राममा बुधबार पोस्ट गरे । अन्तिम ३२ घन्टा मेरो जीवनको निकै चुनौतिपूर्ण क्षण थियो, उनले भने ।

सन् २०१६ मा बेलायती अन्वेषक हेनरी वार्सले एक्लै एन्टार्टिका छिचोल्ने क्रममा मरेका थिए । हेनरीका साथी लुईस रुड आफ्ना सार्थीको सम्झनामा एन्टार्टिका छिचोल्ने अभियानको तयारीमा छन् । तर, यसअघि नै ओब्राडीले व्श्वि रेकर्ड बनाए ।

एन्टार्टिका का सम्वन्धि केही तथ्यः

एन्टार्टिकाका पृथ्वीको सबैभन्दा चिसो, भयंकर हावाहुरी चल्ने, सुख्खा महाद्वीप हो ।
यहाँको न्यूनतम तापक्रम माईनस ९३ डिग्री सेल्सियस सम्म हुन्छ । अहिलेसम्म यहाँ १४.५ डिग्री उच्च तापक्रम रेकर्ड भएको छ ।
विश्वको स्वच्छ पानीको ९० प्रतिसत एन्टार्टिका मा हिउकोरुपमा छ ।
यो महाद्वीप सन् १८२० मा रुसी अन्वेषकले पत्ता लगाएका हुन ।
एन्टार्टिकाको केही भागमा विगत २० लाख वर्षदेखि पानी र हिउ परेको छैन ।
एन्टार्टिका युरोपभन्दा तीन गुणा ठूलो छ ।
यो महाद्वीपमा घस्रियर हिडने सरीर्सिप पाईदैन ।
एन्टार्टिका मा बस्न मानिसले बुद्धी बंगारा र एपेडिक्स फाल्नै पर्छ ।
एन्टार्टिकाका चिलीको मात्र एउटा सहर छ जहाँ टेलिफोन, विद्यालय, हुलाक लगायतका सुविधा छ ।
एन्टार्टिका का समय नै हुदैन । किनकीः यो मात्र एउटा महादेवीप हो जहाँ टाईम जोन नै छैन ।
एन्टार्टिका मा चार करोड वर्ष पुरानो हिउ पाइन्छ ।
एन्टार्टिकामा ३०० वटा ताल छन तर सबै हिउले पुरिएका छन् ।
सन् १९९४ देखि एन्टार्टिका मा हक्सी डग लान प्रतिवन्ध लगाइएको छ ।
एन्टार्टिकामा हिउले नठाकेको जमिन एक प्रतिसतभन्दा कम छ ।
एन्टार्टिका को सबैभन्दा ठूलो भुभाग ५८ लाख वर्ग किमी अस्ट्रेलियाको अधिनमा छ ।
सन् १९७७ मा अर्जेन्टिनाले गर्भवति नागरिकलाई एन्टार्टिकाका पठाएर बच्चा जन्मेको भुभाग आफ्नो दावी गरेका थियो । यो बच्चा नै एन्टार्टिकामा जन्मीएको पहिलो बच्चा हो ।
एन्टार्टिकामा हिउको मोटाई सरदर एक माईल छ ।
एन्टार्टिकाको केही भागमा दुईसय माईल प्रतिघन्टाको हुरी चल्दछ ।
एन्टार्टिका अमेरिकाभन्दा १.५ गुणा ठूलो छ ।

स्रोतः फ्याक्ट सलाईड डट कम, एएफपी र डेली मेल ।
तस्वीरः कोलिन ओब्राडीको इन्स्टाग्राम र वेवसाईट ।

प्रतिक्रिया