“डीसी क्षेत्रमा हुने नयाँ बर्ष २०१९ बृहत संगीत साँझ ” ४ वटा ब्याण्ड सहित गायिका सिने गुरुङको बेजोड प्रस्तुति हुने

इनेप्लिज २०७५ पुष १२ गते २:२९ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रमा नयाँ बर्ष २०१९ को अवसरमा ‘न्यू इयर्स इभ कन्सर्ट ‘नामक कार्यक्रम हुने भएको छ । उक्त बृहत सङ्गीत सांझमा यस पटक व्यापक रुपमा एकै स्थानमा ४ वटा संगीत मण्डली(ब्याण्ड) ले तताउने र नचाउने भएका छन् ।

मोक्ष मन्त्र ब्याण्ड ,अथर्व ब्याण्ड ,स्नोमास ब्याण्ड तथा पासा ब्याण्ड सहित बिशेस अतिथिको रुपमा रहनु हुने चर्चित गायिका सिने गुरुङको बिशेष प्रस्तुति हुने भएको छ । गुरुङले पहिलो पटक डिसी महानगर क्षेत्रमा आफ्नो प्रस्तुति गर्ने भएकी छिन् भने कम्तिमा आधा दर्जन सम्म गीत आफ्ना प्रशंसक तथा दर्शक माझ पस्कने योजनामा रहेकी ईनेप्लिजलाई बताएकी छिन ।

मोक्ष मन्त्र ब्याण्डले निकै मेहनत गरि रहेको छ भने आफ्ना दर्शकलाई निरासा नबनाउने प्रतिबद्धता जाहेर गरेका छन् । यसै गरि पासा ब्याण्ड ,अथर्व अठा स्नो मास ले पनि कडा मेहनत गरि नया बर्षमा सबैलाई धित मर्ने गरि र भरपुर मनोरंजन दिलाउन हर सम्भव कोसिस गर्ने बताएका छन् ।

डिसी महानगर क्षेत्रमा आगामी डिसेम्वर ३१ मा हुने नया बर्ष २०१९ को लागी हुन गै रहेको सांगितिक साझ बिषयमा मोक्ष मन्त्र ब्याण्ड तथा चर्चित गायिका गीतकार सिने गुरुगसंग अमेरिकाको मेरिल्याण्डमा कुराकानी : प्रत्यक्ष प्रसारण

Posted by Enepalese on Saturday, December 22, 2018

मन्त्र मोक्षका साजिद पौड्यालले आयोजकका तर्फ बाट सिने गुरुङ जस्ता अतिथि कलाकारको प्रस्तुति हुने भएकोले यो राम्रो मौका हुने भन्दै हामीलाई हौशला गर्न अनुरोध यसै मार्फत गरेका छन् ।

स्थान कम्ति भएकोले अग्रिम रुपमा टिकट लिन समेत आग्रह गरेका छन् । उक्त कार्यक्रमको टिकट डर २० डलरमा रात्री भोजन समेत रहेको छ । कार्यक्रम फेयरफ्याक्स स्थित तन्दुरी नाईट चमेना गृहमा हुने छ ।

कार्यक्रम ठीक ८ बजे रति देखि सुरु हुने छ । बिस्तृत जानकारीको लागि तल सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया