पोखरामा लगेर पत्नीलाई भिरबाट खसाई मारेको अभियोगमा भारतीय चिकित्सकलाई पक्राउ

इनेप्लिज २०७५ पुष १२ गते ०:२६ मा प्रकाशित

भारतको उत्तर प्रदेशका एक चिकित्सकले आफ्नी पूर्व पत्नीलाई नेपाल पोखरा लगेर भिरबाट खाएर मारेको आरोपमा भारतमा चिकित्सकलाई पक्राउ गरिएको छ । उक्त चिकित्सकले उत्तर प्रदेश प्रहरी समक्ष बयान समेत दिएका छन् । उनले पूर्व पत्नीलाई केही बेहोशी बनाउने ओखति मदिरामा मिसाएर खुवाएर भिर बाट धकेलेर खसालेका थिए ।

गजव र आश्चर्य को कुरा के भने आफ्नी पत्नीको सामाजिक संजाल मुहार पुस्तिकामा सदैव चुस्त र दुरुस्त बनाई ( अपडेट) गरेर प्रहरीलाई आँखामा छारो हाल्ने कोसिस गरेका थिए । उनि जीवितै छिन् भन्ने सबैमा परोस भनि उनले यसो गरेका थिए ।

धर्मेन्द्र प्रताप सिंह नामक चिकित्सकले राखी श्रीवास्तवलाई पहाडबाट धकेलेर मारेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार गत जुन ३ तारिख,२०१८ मा पोखरामा उनलाई बेहोसी हुने दबाई दिएर बेहोशी बनाएर धकेलेर ज्यान लिएका थिए ।

उक्त चिकित्सक उत्तर प्रदेशको शाहपुरका निवासी हुन् । राखी श्रीवास्तव बेपत्ता बनाइए पछि उनका भाईले उनका दोश्रो पति चिकित्सकले अपहरण  गरेको प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चिकित्सकको सेलफोन (भ्रमण ध्वनि)को अनुसन्धान गर्ने क्रममा प्रमोद कुमार सिंह तथा देश दिपक निषादलाई पनि गत शनिबार पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले राखी श्रीवास्तवलको मुहार पुस्तिकालाई अद्यावधिक ( अपडेट) आफै बनाउदै प्रहरी तथा परिवारलाई समेत चक्मा दिएको बताएका छन् । आश्चर्यको कुरा राखीको भ्रमण ध्वनि (मोबाइल) गत अक्टोबरमा फेला परेको तर उक्त संचार थान (सेलफोन ) १ हजार २ सय ४७ माइल्स टाडा गुवाहाटी मा प्राप्त भएको थियो । जव कि राधा श्रीवास्तव र चिकित्सक उत्तर प्रदेश निवासी हुन् । राधा श्रीवास्तवलाई मार्ने चिकित्सक र अन्य दुई सहयोगीहरुलाई प्रहरीले पक्राउ गरेको टाइम्स अफ इन्डियालाई प्रहरीले बताएको समाचार डेलिमेल डट को युकेले प्रकाशित गरेको छ ।

समाचार /तस्बिर स्रोत : डेलिमेलडट को युके

प्रतिक्रिया