बिहीबार, भदौ २ २०७९
काठमाडौं १७:२४
वासिङटन डिसी 07:39

विश्वका १५ भाषा लोप हुने स्थितिमा

यादवराज जोशी २०७५ पुष ११ गते १९:३४ मा प्रकाशित
विश्वमा सातहजार जीवित भाषा छन् । केही भाषा बोल्नेको संख्या बढी रहेको छ । क्षेत्रगत विस्तार पनि भएको छ । तर विश्वमा यस्ता पनि भाषा छन् ति आज वा भोली कुनै पनि बेला लोप हुने स्थितीमा छ । विश्वका १५ भाषा तत्काल लोप हुन सक्ने स्थितीमा रहेको युनेस्कोले जनाएको छ ।
लोपोन्मुख १५ भाषा निम्न रहेका छन्ः
रेसाग्रोः एमाजोन क्षेत्रमा बसोबास गर्ने आदिवासीको यो भाषा बोल्ने ४० जनामात्र छन् ।
चुल्यमः रुसको साईबेरियामा बसोबास गर्ने आदिवासी चुल्यम तुर्कको यो भाषा पनि कुनै पनि बेला लोप हुनसक्छ । सन् १९५९ मा पत्ता लागेको यो भाषा बोल्ने ४४ जनामात्र छन् ।
मुडबुर्राः अस्ट्रेलियाको उत्तरी क्षेत्रमा बस्ने आदिवासीको यो भाष अहिले ९२ जनाले बोल्छन् ।
पटविनः मध्य पस्चिम क्यलिफोर्नियामा बसोबास गर्ने अमेरिकी आदिवासीको भाषा हो पटविन । यो भाषा आईट्युनमा मात्र जीवित छ तर कुनैपनि बेला मर्न सक्छ ।
आईनुः जापानमा बोलिनो यो भाषा बोल्ने मानिस ६४ जना छन । यो भाषा बोल्ने मानिस होक्काईदोमा बस्छन ।
चामिकुरोः पेरुका आदिबासी भाषा चामिकुरो बोल्ने मानिस  चारजना भएको बताइन्छ । केही अनुसन्धाताले आठजना फेला पारेको दावी गर्छन ।
भोडः भोटीक आदिवासी मुहले बोलने यो भाषा पनि लोपहुने स्थितीमा छ । सन् १९४३ मा रुसबाट खेदिएर फिनल्याण्ड पुगेका यि आदिवासीमा ६४ जना आफ्नो भाषा बोल्छन् ।
चेमेहुभीः एसिजोनाको कोलोराडो नदि किनारमा बस्ने यो भाषा बोल्नेको संख्या ५३ छ । युरोपेलीहरु अमेरिका आउनु अगाडी हो भाषा बोल्नेको संख्या आठसयको हाराहारीमा थियो ।
मचाक जुयायः बालिभियाको एक आदिवासी समुहको भाषा हो यो । यो भाषा बोल्ने हाल करिव दुईसय छन् ।
जेडेकः मलेसियाको कलाय द्विपका दुईसय ८० आदिवासी यो भाषा बोल्छन् ।
पावनीः इन्डोनेसियामा पावनी भाषा बोल्नेको संख्या केवल तीन मात्र छ । सन् १९७० को दशकमा यो भाषा लोप भएको ठानिएको थियो तर अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताले भाषा जीवित नै रहेको पत्ता लगाएका थिए ।
नागनकुरन्गुरः अस्ट्रेलियाको दक्षिणी भागमा बसोबास गर्ने डलाय आविासीको यो भाषा बोल्ने २६ जना मात्र छन् ।
स्रोतः वल्र्ड इकोनोमिक फोरमको रिपोर्ट वि

प्रतिक्रिया