शिब नारायण जोर्शी लाईफ टाईम, ‘मह’ जोडीलाई

इनेप्लिज २०७५ पुष ११ गते ११:२७ मा प्रकाशित

काभ्रे, बनेपा । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन गईरहेको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’को पत्रकार सम्मेलन काभ्रेस्थित बनेपामा सम्पन्न भएको छ ।

शुरुमा प्रदेश नम्बर ३ को मात्र समावेश हुने भनिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ लाई अन्तिम अवस्थामा राष्ट्रिय स्थरमा नै अवार्ड आयोजना गरिएको हो ।
अवार्डका उत्कृस्ट पाँच मनोनयन सार्वजनिक र प्रमाण पत्र वितरण भईसकेको छ । पुष १३ गतेका दिन सम्पन्न हुने भनियको उक्त अवार्डलाई यहि माघ १२ गते शनिबार काभ्रेको बनेपास्थित पन्चकन्या ब्यान्केटमा भब्य र शब्य रुपमा सम्पन्न गरिने भएको छ ।

राष्ट्रियस्तरका चर्चित कलाकारहरुको उपस्थिति रहने उक्त अवार्ड समारोहमा तामाङ्ग सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधामा कलाकारहरु अवार्डेड हुदै छन् । कुल ४४ विधामा हुने उक्त अवार्डमा प्रदेश र राष्ट्रिय स्तरका कलाकारको समायोजन समेत गरिनेछ ।
अवार्डमा चर्चित लोक गायक, काठ क्षेत्रका लोक दोहोरीका हस्ती शिब नारायण जोर्शी लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित हँुदै हुनुहुन्छ ।
त्यसैगरी कलाकारिता क्षेत्रको एक अभिन्न अंग अनि हस्ती ‘मह’ जोडी हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ नाट्यश्वर दिर्घ कलाकारिता सम्मानबाट सम्मनित हुदै हुनुहुन्छ । भने नाट्यश्वर दशक सम्मान बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मान रामचन्द्र कोईराला, उत्तम केसी, भूवन चन्द, चैत्यदेबी सिंह, जिवान पराजुली, गायिका रमिला न्यौपानेलाई प्रदान गरिदै छ । नाट्यश्वर बिषेश सम्मानबाट सरु थापा, नाट्यश्वर उत्कृस्ट संस्था सम्मान हारती ईङ्ग्लिस स्कुल, नाट्यश्वर प्रतिभा संम्मान रोमा न्यौपाने, नाट्यश्वर बिषेश सम्मान हरि कर्माचार्य, नाट्यश्वर समाजसेवा सम्मानबाट भोला थापा सम्मानित हुने भएका छन् ।

नेपाली कला संगीत क्षेत्रमा रहेर योगदान दिँदै हाल काभ्रे जिल्लाको रोशी गाउपालिकाको प्रमुख भएर कार्य गरिरहनु भएका आदरणीय डीबी लामालाई नाट्यश्वर कला सम्मान अर्पण गरिने भएको छ ।

साथै अन्य अवार्डहरुभन्दा फरक रुपमा सम्पन्न गर्दै यस अवार्डमा मेकअप आर्टिस्ट, लाइटम्यान, एरेञ्जर, बाध्यबाधक सम्मान, दोहोरी साँझ गायक र गायिका सम्मान समेत गरिने भएकोछ ।

साथै नेपाली गीतसंगीत क्षेत्रलाई अगाडी बढाउँन आफ्नो कलमको माध्यमबाट सहयोग पु¥याउने पत्रकार समेत साम्मनित हुदै छन् । नाट्यश्वर मोफसल कला पत्रकारिता सम्मान उत्तरगया दैनिक र नुवाकोट जागरण साप्ताहिकको प्रकाशक तथा सम्पादक शिब देबकोटा, नाट्यश्वर कला पत्रकारिता पुरुषोत्तम बस्नेत, बलराम श्रेष्ठ, सुर्य चन्द, स्वस्तिका चिलवाल, प्रकाश तिमल्सिना र काभ्रे जिल्लामा नै कार्यरत रहि कला पत्रकारितामा आफ्नो कलम चलाउने दूई जना पत्रकार समेत सम्मानित गरिनेछ । जसको नाम बिभिन्न संस्थाको समन्वयमा तय गरिनेछ ।

प्रतिक्रिया