म्यादि प्रहरीमा समेत भर्ना भएका रबि आज नेपाल आइडल बने पछी (भिडियो सहित)
युके,
नेपाल आइडल बिजेता रवि ओड सामाजिक रुपान्तरणको लागि पनि उत्प्रेरक: न्ह्यू बज्राचार्यले नेपाल आइडल सिजन २ मा अन्तिम आठ जना बाँकी हुँदैमा नेपाल आइडललाई बन्द गरेर आठै जनालाई नेपाल आइडल बनाउने आशय ब्यक्त गर्नु यो सिजनमा आशा गरेभन्दा बढी प्रतिभावानहरुको संख्याप्रतिको इंगित थियो । जस्ले जिते पनि हामी सबैको जीत हो भन्ने सबैको जोडको अर्थ नेपाली सांगितिक दुनियाँँले प्राप्त गरेको ठुलो उपलब्धिप्रतिको संकेत पनि हो । यो सिजनको अर्को अत्यन्तै महत्वपूर्ण उपलब्धी पुष्पन प्रधान जस्ता अत्यन्तै होनहार युवा नेपाली गायकलाई नेपाली समुदायको बीच हुनुपर्ने जत्ति घुलमिल र चर्चित बनाउनु पनि हो र यस्को श्रेय जान्छ अमित बराललाई ।
‘नेपाल आइडल’ २ मा आइपुग्दा नै यस्ले मारेको फड्को अत्यन्तै उत्साहजनक र उपलब्धिपूर्ण छ र पनि लोकगीत एपिसोड यस्को एउटा ऐतिहासिक उपलब्धी हो ।
पछिल्लो समयमा अशोक दर्जीपछि ‘नेपाल आइडल’ २ का बिजेताका कारण रवि ओड जसरी नेपाली सांगितिक दुनियाँँमा देखा परे यस्का पछाडि नदेखिने गरी नेपालको सामाजिक रुपान्तरणमा महत्वपूर्ण उत्प्रेरकको रुपमा यस्ले खेल्न सक्ने भूमिकाप्रति कसैको ध्यान जान सकेको देखिन्न जुन भूमिका नेपालमा बिगत पाँच दशकभन्दा बढी समयदेखि ल्याइएको मुलुकी ऐनले समेत खेल्न सकिरहेको थिएन । नेपाली समाजको सामाजिक रुपान्तरणमा मुलुकी ऐनका बाबजुद देखा परिरहेको गतिरोध यी दुइका कारण भने सामाजिक रुपान्तरण स्वत: स्फूर्त रुपमा सहज रुपमा धेरै हदसम्म अगाडि बढ्न सक्ने देखिन्छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया