छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अपिल

इनेप्लिज २०७५ पुष १० गते १८:१५ मा प्रकाशित

बिगत ५ बर्षदेखि, जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आईरहेको कुरा यहाँहरुलाई सर्वबिदित नै छ। यो अभियान देश बिदेशका नेपाली र नेपालीमूलका नागरिकहरुको अथाह सहभागिताका कारण छोटो समयमै देश बिदेशमा व्यापक भएको छ। यस अभियानलाई थप  व्यवस्थित, ब्यापक र संस्थागत बनाउने उदेश्यले “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” का संस्थापक अभियन्ता द्वय डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेको पहलमा गत बर्ष “नेपाली टोपी प्रतिष्ठान” नामक  गैर सरकारी, गैर नाफामुलक संस्था गठन गरिएको कुरा समेत जानकारी गराउन चाहान्छौ।

यसै सन्दर्भमा नेपालीले बसोबास गर्दै आएका विश्वका हरेक मुलुकमा नेपाली टोपी अन्तर्राष्ट्रिय प्रतिष्ठान शाखाको  स्थापना गर्ने क्रममा अन्तर्राष्ट्रिय छैठौं नेपाली टोपी दिबसको अवसरमा विश्वका ३९ मुलुकहरुमा नेपाली टोपी प्रतिष्ठान शाखा गठन भएको जानकारी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले दिनु भएको छ।

उहाँले हाल सम्म गठन भएका टोपी प्रतिष्ठानका अन्तर्राष्ट्रिय शाखा र अध्यक्ष निम्न अनुसार रहनु भएको जानकारी दिदै निकट भविष्यमा नै विश्वका ७५ मुलुकहरुमा नेपाली टोपी प्रतिष्ठानको स्थापना गर्न आफ्नो प्रयास रहेको कुरा बताउनु भएको छ।

१  रोमानिया – खगेन्द्र अधिकारी
२  ग्रीस – कृष्ण पोखरेल
३  रसिया – ईन्द्र प्रसाद भुसाल
४  हंगेरी  – नारायण भण्डारी
५  लक्जेम्बर्ग  – बालहरि राई
६  अष्ट्रेलिया – महेन्द्र कुमार लम्साल
७  न्यूजिल्याण्ड – बुद्धि सागर घिमिरे
८  ओमान  – दीपक श्रेष्ठ
९   नर्वे – नयन मल्ल
१०  स्वीडेन  – प्रेम गौतम
११  थाईलैण्ड – मिलन घिमिरे
१२  पोर्तुगल – कुबेर कार्की
१३  स्पेन  – दीपक खरेल
१४  आयरल्याण्ड – राजन काफ्ले
१५  बेल्जियम  – दीपक न्यौपाने
१६  अष्ट्रिया  – जीवन जंग कुँवर
१७  मल्डोभा  – गिरीश उप्रेती
१८  हङकङ  – कृष्ण पाण्डे
१९  ईजरायल  – खेमराज जमर कट्टेल
२०  जापान  – चुडामणि काफ्ले
२१  अमेरिका  – राज पोखरेल
२२  फ्रान्स  – मिन जि सी
२३  दक्षिण कोरिया  – के पी सिटौला
२४  मलेसिया   – कृष्ण प्रसाद नेपाल
२५  फिनल्याण्ड – सुदिप भूषण  अर्याल
२६  कतार – कुमार कार्की
२७  बुल्गेरिया  – गुञ्ज बहादुर चोख्याल
२८  जर्मनी  – रण बहादुर साउद
२९  ईटली – दिनेश बाला श्रेष्ठ
३०  ब्राजिल – गणेश गुरुङ
३१  पोल्याण्ड – डा. बोधराज सुबेदी
३२  कुबेत  – गोबिन्द प्रसाद तिम्सिना
३३  म्यानमार –  सागर घिमिरे
३४  डेनमार्क – रमेश  घिमिरे
३५  यू के  – अर्जुन कटुवाल
३६  माल्दिभ्स  – डा. शैलेश भगत
३७  स्वीट्जरल्याण्ड  – भूमिराज गुरुङ
३८  ताईवान  – शुदर्शन पाण्डे

३९  क्यानाडा  – गोपी कृष्ण काफ्ले

संस्थापकद्वय  डा. लेखनाथ काफ्ले, शंकर बन्जाडे र टोपी परम्पराको थालनी गर्नु हुने डा. गोविन्दसिंह  रावत टोपी अभियानका अग्रज हुनुहुन्छ।  क्यानडाबाट २०१० नोभेम्बरदेखि टोपी इभेन्टको नामबाट कार्यक्रममा अनिवार्य टोपी लगाएर उपस्थित हुने परम्पराबाट शुरू भएता पनि सो क्रमलाई निरन्तरता दिन सकिएको थिएन।जसलाई संस्थापक द्वय काफ्ले र बन्जाडेले सामाजिक संजाल मार्फत २०१३ जनवरी १ बाट अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको नामले अभियानको शुरुवात गर्नु भएको थियो।

नेपाली टोपी प्रतिष्ठानले,  नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ-आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मानेको छ। यस अवसरमा बिश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपलीमूलका सबै नागरिकहरूलाई यहि पौष १७ गते (जनवरी १ तारिख, २०१९ ) का दिन आआफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपी दिबसलाई व्यापकरुपमा सम्पन्न गर्न  गराउन विशेष अपिल गरिएको छ।

साथै यस बर्ष, नेपाली टोपी दिवस (पौष १७ गते) का दिन  नेपालका प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्री, संचारकर्मी तथा अन्य  बिशिष्ट महानुभावहरुलाई, नेपाली टोपीलाई, बिशेष फ्रेम गरी, मायाको चिनो स्वरूप प्रदान गरिने कार्यक्रमका अतिरिक्त बिभिन्न संघ संस्थामा पुगी कम्तिमा पनि १००० नेपाली टोपी वितरण गर्ने योजना समेत रहेको कुरा जानकारी गराउन चाहान्छौ।

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, अंग्रेजी नयाँ वर्षमा नेपाली युवाहरुको बिशेषरुपमा सहभागी हुने परम्परालाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको छ।

यस संस्थाले, नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै  नेपाली टोपीलाई नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा स्थापित गराउनका लागि सदैब क्रियाशिल रहने कुरा, प्रतिष्ठानका अध्यक्ष एवं नेपाली टोपी दिवस अभियानका संस्थापक शंकर बन्जाडेद्वारा जारि गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया