बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:०७
वासिङटन डिसी 06:22

अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई कसरी य:मरि बनाउने बारे प्रत्यक्ष तालिम

इनेप्लिज २०७५ पुष १० गते १७:४६ मा प्रकाशित

 

डीसीमा सन् २००१ मा स्थापित नेवा:अर्गनाइजेसन अफ अमेरिका (एनओए)ले अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई कसरी य:मरि बनाउने बारे प्रत्यक्ष तालिम प्रदान गरेको छ ।

य:मरि पुन्ही (पूर्णिमा) पर्वको दिन अमेरिकाको डीसी महानगर क्षेत्र वरपर रहेका नेवा समुदायका अमेरिकामा जन्मेका बालबालिका ,किशोर किशोरीहरुलाई य:मरि पुन्ही (पूर्णिमा)को महत्व र कसरी बनाउन गरिन्छ भन्ने बिषयमा तालिम एनओए ले दिएको छ ।

य:मरी पुन्ही: महोत्सवको शुभ अवसरमा डिसी महानगर क्षेत्रको नेवा अर्गनाईजेशन अफ अमेरिकाले भावी पुस्ताहरुलाई योमरी के हो? कसरी बनाउने?यस बारे जानकारी तथा प्रत्यक्ष रुपमा प्रयोगात्मक रुपमा सिकाउदै गरेको प्रत्यक्ष प्रसारण :विजय थापा

Posted by Enepalese on Saturday, December 22, 2018

 

अमेरिकाका लोकप्रिय नेवा समुदायका नृत्यांगना यज्ञमान शाक्यले प्रयोगात्मक तालिम दिएका थिए । उक्त तालिममा सबै भन्दा राम्रो य:मरि को आकार बनाउनेलाई हौशला स्वरुप पुरस्कारको समेत व्यवस्था गरेको थियो ।

उनीहरुले आफ्ना अभिभावकहरुसंग आएका थिए भने आफूले तयार पारेका य:मरि पकाई सबैलाई खुवाइएको थियो । संस्थाका अध्यक्ष पुस्कर प्रजापतिले संस्थाको उद्धेश्य नै भाषा ,संस्कृति ,चाड पर्व आदी इत्यादीओ बारेमा दोश्रो पुस्तालाई सिकाउनु र उनीहरुलाई हस्तान्तरण गर्नु रहेको बताएका थिए ।

कार्यक्रम डिसेम्बर २२ तारिख शनिबार भर्जिनियाको फल्स चर्चमा भएको थियो ।नेवा: समुदायले मनाउने “य:मरी पुन्ही “ एक बिशेष चाड पनि हो । खेतबारीबाट नयाँ अन्न घर भित्राए घर पछी एक विशेष प्रकारको रोटी बनाएर देवता तथा पितृहरुलाई चढाएर आफुले प्राशन गर्ने नेवा: परम्पराको चाड नै य:मह्री पुन्ही हो ।

नेपाल भाषमा य:मह्री भनेको मनपर्ने रोटी हो भने पुन्ही भनेको पुर्णे हो । यसदिन अन्य बिभिन्न समुदायले आ-आफ्नै रितिथिती, परम्परा र संस्कृती अनुसार धान्यपूर्णेका रुपमा पर्व मनाउँदै आएका छन् ।

बौद्धमार्गीहरु पनि यसदिन स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा बिहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ । धान्यपूर्णेमा कै दिन मनाउने नेवा: समुदायको य:मह्री पूर्णेको चाडमा चामलको पिठोमा तातो पानी हाली मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारि गोलाकार स्वरुपमा आइसकेपछि पिठोभित्र विशेष प्रकारले बनाएको चाकु र तिलको मिश्रण राखिन्छ । यसरी बनाएको य:मह्री बाफले मात्रै पकाइन्छ ।

चामलको पिठो(पोचुं)बाट बनाई बाफले मात्रै पकाईने भएकाले योमह्री स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ ।

ईतिहास : य:मह्री कसले र कहिले देखि बनाउने परम्परा सुरु भयो भन्ने बारे विभिन्न जनश्रुति अनुसार परापूर्वकालमा पांचाल देश आजको काभ्रे पनौतिमा एकजना अति नै धरमात्मा सुचन्द्र नाम गरेका एक महाजन दम्पतीको रहेको छ । य:मह्री पुन्हिंका दिन देखि दिन लामो हुने भन्ने नेवा: समुदायमा कथन रहेको पाईन्छ ।

प्रतिक्रिया