काउली काउली म जस्तो बुढो कहाँ पाउली

इनेप्लिज २०७५ पुष १० गते १६:१६ मा प्रकाशित

लेखनाथको तालचोकमा जारी १५औं सस्करणको लेखनाथ महोत्सवमा राखिएका कृषि उत्पादनका स्टलमा दर्शकको चासो बढेको छ । उत्पादकदेखि उपभोक्तासम्म सहज रुपले पउच पुग्ने र उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी महोत्सव स्थल भित्र राखिएका कृषि जन्य उत्पादन, हस्तकला, माछा, मह र घरेलु हस्तकलाका उत्पादनमा दर्शकको चासो बढेको हो ।

कृषि जन्य उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव स्थल भित्र दुईवटा माछाका स्टलबाट दैनिक सय केजी भन्दा बढि माछा बिक्री भएको रुपाताल पुनस्र्थापन तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिए । उनका अनुसार रुपातालमा उत्पादित माछा दर्शकको आवश्यकता अनुसार दैनिक रुपमा बिक्रि वितरणको ब्यवस्था मिलाएको बताएका छन् ।

त्यस्तै महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको चापसँगै कारोवारमा पनि बृद्धि हुँदै आएका बताइएको छ । आइतबार आर्थिक कारोवार तर्फ करिव एक करोड २० लाख रहेको कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए भने दर्शकको सहभागिता करिव १५ हजार रहेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् ।

महोत्सवको पाचौं दिन सोमबार दोहोरी तर्फ प्रजापति पराजुली, रामजी खांड, कृष्ण अखेली, भुमिका गिरी, मिना अधिकारी, सरिता सारु मगर, हास्यतर्फ काउली बुढी, लाइभ पप कन्र्सटतर्फ कृष्ण काफ्ले, काउली बुढीको प्रस्तुती रहने प्रचारप्रसार उपसमिति संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
काउली काउली म जस्तो बुढो कहाँ पाउली “भिडियो”

प्रतिक्रिया