व्हाइट हाउस अगाडी सुरुवाल खोलेर तस्बिर खिच्ने जर्मन नागरिक पक्राउ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बस्ने व्हाइट हाउस अगाडी सुरुवाल( प्यान्ट )खोलेर तस्बिर खिच्ने जर्मन नागरिकलाई पक्राउ गरिएको छ । व्हाइट हाउसमा कार्यरत गुप्तचर बिभागका अधिकारीहरुले उक्त जर्मन नागरिकले गरेको हर्कत गरे पछि उनलाई समातिएको थियो ।
उनले लगाई रहेको सुरुवाल ( प्यान्ट)खोल्दै व्हाइट हाउस अगाडी तस्बिर खिचेका थिए । ३४ बर्षिय उक्त नागरिक सेबेसटिएन हेडेलबर्ग रहेको वाशिंगटन पोस्टले जनाएको छ । उनलाई अश्लिल प्रदर्शन गरेकोमा आरोप लगाइएको छ । उनलाई उपस्थिति पत्र (सम्मन,साईटेसन) दिदै छोडिएको छ ।
उनले गत आइतबार बिहान १:३० मा उक्त हर्कत गरेका थिए । उनले पैदलयात्रीहरु हिड्ने ठाउँमा उक्त कार्य गरेका थिए । उनले यसो गरि रहदा अन्य ४ जना मानिसले उनको तस्बिर लिईरहेका थिए । साथै प्यान्ट्स घुडा सम्म अर्ध खोलेर तस्बिर खिच्नेलाई देखाउदै व्हाइट हाउस तर्फ फर्कि रहेको समाचार वाशिंगटन पोस्टले लेखेको छ ।
अमेरिकामा यहीअगस्ट ११ बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
प्रतिक्रिया