जापान वृद्धहरुको देश बन्दै
जनसंख्या वर्षेनी पाँचलाखले घटदो
विश्वको जनसंख्या दिन प्रतिदिन बढी रहेको छ । तर, विश्वमा केही यस्ता देश छन् जहाँ जनसंख्या घटिरहेको छ । ति देशमा जापान अग्रपड्तीमा छ । जापान वृद्धहरुको देश बन्दै छ । यहि गति रहेका सन् २०६५ मा जापानका वृद्धवृद्धाको बहुमत हुनेछ ।
जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार, ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाको संख्या एक चौथाई छ । जापानको जनसंख्यामा ३३ प्रतिसत ६० वर्षमाथिका, २५.९ प्रतिसत ६५ वर्षका र १२.५ प्रतिसत ७५ वर्ष माथिका छन । हाल जापानको जनसंख्या १२ करोड ४० लाख छ । जापानी युवा विवाह गर्न मन नपराउने कारण जनसंख्यामा कमी आएको हो ।
जापानमा ३४ वर्ष उमेर पुगेका अविवाहित युवाको संख्या ६१ प्रतिसत छ भने युवतिको संख्या ४९ प्रतिसत । विवाह नगर्ने र गरेपनि ढिलो विवाह गर्ने कारण जनसंख्यामा कमी आएको हो । जापानका ३० प्रतिसत घर एकल महिला वा पूरुषले चलाएका छन् ।
सन् २०१८ मा जापानमा नौलाख २१ हजार बच्चा जन्मिए भने १३ लाख ६९ हजारको मृत्यु भयो । यो तथ्यांकले प्रति वर्ष पाँचलाखको दरले जनसंख्या घटीरहेको छ । विगत तीन वर्षदेखि दश लाखभन्दा कम बच्चा जन्मेका छन् ।
अर्कोतर्फ, जापानमा औषत आयु निकै बढी छ । जापानी पुरुषको औषत आयु ८१.०९ प्रतिसत छ भने महिलाको औषत आयु ८७.२६ वर्ष छ । विश्वमा मानिसको औषत आयु ६९ वर्ष छ । त्यसमा पुरुषको ६७ वर्ष र महिलाको ७१.१ वर्ष छ । जापानी पुरुष र महिला विश्वको औषत भन्दा क्रमशः १४ र १७ वर्ष बढी बाच्छन ।
बच्चा जन्मने क्रम यहि रहेमा सन् २०६० मा जापानको जनसंख्या आठ करोड ८० लाखमा झर्नेछ । जसमा ६५ वर्षमाथिका वृद्धको संख्या आधाभन्दाबढी हुनेछ । जापानमा विश्वकै निम्न गर्भधान दर १.४२ छ । अर्थात एकहजारमा आठजना मात्र गर्भवति बन्ने गरेका छन् ।
जापानले सन् २००० को दशकदेखि नै जनसंख्या वृद्धिका लागि पहल गर्दै आएको छ । तर, अपेक्षितरुपमा जनसंख्या बढेको छैन । विवाह गर्ने र बच्चा जन्माउनेलाई विभिन्न उपहार र सुविधा दिने नीति लिएको छ ।
राजधानी टोकियोमा बच्चा जन्माउने दम्पतिलाई नगर प्रशासनले एकपटक जापानी येन एकलाख ८० हजार अर्थात १५ सय अमेरिकी डलर उपहार दिने व्यवस्था छ । लगभग यहि दरमा जापानभरी उपहार दिइन्छ । नाकानिसिमा द्विपमा बच्चा जन्माउनेलाई नौहजार अमेरिकी डलर उपहार दिईन्छ । यो उपहारका कारण उक्त दिव्पमा जन्मदर १.८ छ । जापान देशभरी जन्मदर १.८ पुर्याउन चाहन्छ ।
जापानमा सन् १९०० देखि सन् २००० सम्म जनसंख्या निकै बढ्यो । एकसय वर्षको अवधीमा जनसंख्या चार करोड ४० लाखबाट १२ करोड ४० लाख पुग्यो । सन् १९७० को दशकमा जापानमा जन्मदर सबैभन्दा बढी २.१ थियो । त्यसपछि भने जनसंख्या घटन थाल्यो । जीवनस्तरमा आएको सुधारले औषत आयु बढदा वृद्धवृद्धाको संख्या पनि बढ्यो ।
जापानमा बालक र युवाको संख्या अन्य राष्ट्रको तुलनामा कम छ । युवाको जनसंख्या कम हुनु र युवा युवतिबो विवाह र बच्चा जन्माउन रुची नहुनुले जापान वृद्धको देश बन्दै छ ।
युवाको संख्यामा आएको कमीले जापानमा विदेशी कामदार निकै बढेका छन् । सन् २००७ मा तीनलाख विदेशी कामदार रहेको जापानमा २०१७ मा विदेशी कामदारको संख्या १३ लाख पुगेको छ ।
स्रोतः सिएनएन र एजेन्सीहरु
तस्वीर स्रोतः दि इन्डिपेन्डेन्ट
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया