शनिबार, भदौ ४ २०७९
काठमाडौं ००:०१
वासिङटन डिसी 14:16

ट्राएड नेपालिज कम्युनिटी सेन्टर (टिएनसीसी)हाई पोइन्टको फन्ड रेइजिङ्ग कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ पुष ९ गते १:३१ मा प्रकाशित

ट्राएड नेपालिज कम्युनिटी सेन्टर (टिएनसीसी) हाई पोइन्टको आयोजनामा फन्ड रेइजिङ्ग कार्यक्रम सम्पन्न भएको छ । सस्थाको आयोजनामा नेपाली कला संस्कृतिको संरक्षण गर्न निर्माण गर्न लागिएको सामुदायिक भबन निर्माणका लागि आर्थिक संकलन गरिएको हो ।

साथै समुदायका सदस्यहरुलाई जागरुक बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको अर्थ संकलन समितिका सयोजक बसन्त खड्काले बताएका छन् । यसै गरि एक बर्ष र पाच बर्षे योजनाका साथ आर्थिक संकलन गरि भबन निर्माण गर्ने योजना रहेको कुरा अर्थ संकलन समितिका सदस्य नारायण खड्काले समेत बताए ।

हाई पोइन्ट तथा ग्रिन्सबोरो वरिपरिका उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको कार्यक्रममा पाँच हजार तथा दश हजार भन्दा बढी आर्थिक सहयोग गर्ने सदस्य हरुलाई सम्मान गरिएको थियो । सोहि कार्यक्रममा मोरिस्भिल सिटीका काउन्सिल सदस्य स्टिभ राओले हाई पोइन्टमा सामुदायिक भबन निर्माणका लागि आफुले पनि सक्दो सहयोग गर्ने बताउदै सस्थाको आजिबन सदस्य बन्ने घोषणा गरेका थिए ।

दोश्रो पुस्ता कार्यक्रमका संचालक मुस्कान खड्काले अब युवाहरु पनि नेपाली समाज निर्माणमा अगाडी बढ्नु पर्ने बताएका थिए । सोहि कार्यक्रममा सहयोग गर्ने सबैलाई कार्यक्रमका संयोजक बसन्त खड्काले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया